सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनका नेताहरूबीच एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक डाक्ने सहमति

गठबन्धनका नेताहरूबीच एसपीपीबारे छलफल गर्न सर्वदलीय बैठक डाक्ने सहमति

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको सत्ता गठबन्धनका शीर्ष नेताबीच एसपीपीबारे अन्योल देखिएकाले यथार्थ जानकारी गराउन सर्वदलीय बैठक डाक्ने सहमति भएको छ।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं– विवादको भूमरीमा परेको अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सर्वदलीय बैठक बोलाउन सत्तागठबन्धनमा आबद्ध शीर्ष नेताहरूबीच सहमति जुटेको छ। सत्ता गठबन्धनका शीर्ष नेताबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गठबन्धनका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सर्वदलीय बैठक बोलाएर एसपीपीबारे यथार्थ जानकारी गराउन आग्रह गरेका थिए। 

National life

नेताहरूको सुझावमा प्रधानमन्त्री देउवा सहमत भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए।  ‘स्टेट पार्टनरसिप प्रोग्रामबारे अहिले अन्योल छ। यसको वास्तविकता के हो भन्नेमा सर्वदलीय बैठक बोलाएर छलफल गरौं र यथार्थ जनतामाझ ल्याऊँ भनेर प्रधानमन्त्रीजीलाई भनेका छौ’, अध्यक्ष नेपालले भने, ‘उहाँले हुन्छ भन्नुभएको छ।’

गठबन्धनमा आबद्ध नेताहरूका अनुसार एक–दुई दिनभित्रै सर्वदलीय बैठक बोलाएर एसपीपीबारे छलफल गरी वास्तविकता बाहिर ल्याइनेछ। अध्यक्ष नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, समाजवादीकै नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेता आइतबार प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका छन्।

एसपीपी सम्झौताको सत्तापक्ष र प्रतिपक्ष दुवैतिरबाट विरोध भइरहेको छ। अमेरिकाले नेपालले एसपीपी नचाहने हो भने पत्र लेखेर रद्द गर्न सक्ने बताइसकेको छ। कतिपय नेताहरूले सरकारलाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्न सुझावए पनि सरकारले अहिलेसम्म त्यसबारे बोलेको छैन। 

आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच भएको छलफलमा एसपीपीका अलवा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको बताइन्छ।

Shivam cement

प्रकाशित: Jun 19, 2022| 12:50 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...