बिहीबार, चैत १२, २०८२

म्यान्चेस्टरले गोलकिपर डेभिडसँग नयाँ सम्झौता गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इंग्ल्यान्ड- म्यान्चेस्टर युनाइटेडले आफ्ना गोलकिपर डेभिड डे गेयसँग नयाँ सम्झौता गर्ने भएको छ। युनाइटेडसँगको नयाँ सम्झौतामा पत्रमा गोलकिपर डेभिडले हस्ताक्षर गर्ने विषयमा क्लब विश्वस्त रहेका बताइएको छ।

२७ बर्षीय डेभिडको युनाइटेडसँगको सम्झौता २०१९ मा सकिंदै छ। उनलाई युनाइटेडले अन्य सिजनकालागि समेत सम्झौता लम्ब्याउन सक्ने मौका रहेको छ।
 
यस सिजन रियल मड्रिड डेभिडलाई भित्र्याउन उसका प्रतिनिधिसँग वार्ता गर्न उत्साहित थियो। किनकी २०१५ देखी रियल डेभिड अनुबन्ध गर्न चाहेको खुल्दै आएको थियो। तर, रियलले ३५ मिलियन पाउण्डमा चेल्सीबाट थिवाउट कोउर्टोसलाई भित्र्यायो। 

उनी मे, २०११ मा एटलेटिको मड्रिडबाट १८.९ मिलियन पाउण्डमा युनाइटेड भित्रिएका थिए। उनलाई चौंथो पटक अदभुत क्षमता भएको क्लब खेलाडीको नाम दिएको थियो। प्रिमियर लिगमा युनाइटेडलाई रनर-अप बनाउँदै आफ्नो प्रभावकारी प्रदर्शनका साथ उनी व्यावसायिक फुटबलर एसोशिएसन टिमको बर्ष खेलाडीमा समेत परेका थिए। तर, विश्वकप २०१८ मा उनले राम्रो प्रदर्शन गर्न सकेनन् र आलोचनाका सिकार बन्न पुगे। जहाँ स्पेनको पहिलो खेलमा रोनाल्डोले तीन गोल गर्दै खेल ३-३ को बराबरी गरेका थिए।
 
उनले यस सिजनको प्रिमियर लिगमा आफ्नो पहिलो खेलमा लेस्टर सिटी विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेडलाई २-१ ले जित दिलाउन सफल भएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।