मंगलबार, साउन २६, २०८३

एसपीपीबारे छलफल गर्न गठबन्धनका शीर्ष नेता बालुवाटारमा

अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार जुटेका छन्।
 |  आइतबार, असार ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार ५, २०७९

काठमाडौं- अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटार जुटेका छन्। 

छलफलका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेता बालुवाटार पुगेका हुन्। 

प्रचण्ड, नेपाल र यादवबीच शनिबार भएको छलफलमा अमेरिकालाई एसपीपी अस्वीकार गर्दै सरकारले पत्र पठाउनुपर्ने निष्कर्ष निकालेका थिए। सोही निष्कर्षअनुसार नेताहरू प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका हुन्।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण र मन्त्रिपरिषद् पुनर्गठनलगायत विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  

आजै प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमण, एसपीपीलगायत विषयमा छलफल गर्न अन्तरार्ष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाइएको थियो। तर, सो बैठकमा प्रधानमन्त्री अनुपस्थित भएका छन्।

प्रकाशित: Jun 19, 2022| 11:31 आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...