काठमाडौं- अमेरिका भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदीय समितिमा जवाफ दिने भएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्रीलाई बोलाएको हो।
समितिको बिहान १० बजे बस्ने बैठकमा एसपीपीबारे सरकारको निर्णय र अमेरिका भ्रमणबारे प्रधानमन्त्रीसँग छलफल गर्ने एजेण्डा छ। देउवालाई भ्रमणका सन्दर्भमा उठेका सवालहरूको जवाफका लागि बोलाइएको समितिले जनाएको छ।
समितिले प्रधानमन्त्री देउवाको आसन्न भ्रमणका सिलसिलामा कुनै पनि विवादास्पद एवम् असंलग्न परराष्ट्र नीतिसँग मेल नखाने सहमति नगर्न यसअघि नै सरकारलाई निर्देशन दिइसकेको छ।