पोर्चुगल- पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोल युइएफए सिजनको उत्कृष्ट गोलमा मनोनित भएको छ। उनीसँगै इंग्लयान्डका फुटबलरद्वय लुसी ब्रोन्ज र इलिओट एमब्लेटनको गोल पनि मोनोनित भएका छन्।
च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पूर्व रियल मड्रिड खेलाडी रोनाल्डोले आफ्नो टाउकाभन्दा माथिको बललाई खुट्टाले प्रहार गर्दै गोल गरेका थिए।
जहाँ रोनाल्डोले अहिलेको आफ्नो नयाँ क्लब युभेन्ट्सविरुद्ध उक्त गोल गरेका थिए। रोनाल्डोको सोहि गोल युइएफए सिजनको उत्कृष्ट गोलमा मनोनित भएको छ।
त्यस्तै लुसीले म्यान्चेस्टर सिटीविरुद्ध भएको खेलमा लियोनका लागि भलि प्रहार गरेका थिए। एमब्लेटनले युरोपियन यु-१९ च्याम्पियनसिपमा टर्किविरुद्ध समूह चरणमा उत्कृष्ट गोल गरेका थिए। यिनीहरु पछिल्लो १२ महिनामा युइएफए प्रतियोगिताको ११ गोलबाट छनोट भएका हुन्।
जहाँ एक गोल टोटनह्याम तथा डेनमार्कका प्लेमेकर क्रिस्टियन एरिक्सनले विश्वपकपको प्ले-अफमा आयरल्यान्डविरुद्ध गरेको गोल पनि समावेस थियो। रोनाल्डोको गोल च्याम्पियन्स लिगको फाइनलमा भएको लिभरपुलसागको खेलमा रियल फरवाड ग्यारेथ बेलको शानदार ओभरहेड गोल भन्दा पहिला छनोट भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४