बिहीबार, साउन २१, २०८३

खरेखरे भीरमा पहिरो जाँदा बेँसीशहर-चामे सडक अवरुद्ध

लमजुङको बेँसीशहर-चामे सडक पहिरोका कारण फेरि अवरुद्ध भएको छ।
 |  शनिबार, असार ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ४, २०७९

काठमाडौं- लमजुङको बेँसीशहर-चामे सडक पहिरोका कारण फेरि अवरुद्ध भएको छ।

शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीसहर नगरपालिका-६ खरखरे भीरमा आज बिहान पहिरो खसेको छ। पहिरोले पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, लमजुङले जनाएको छ।

खरखरे भीरमा ठूला-ठूला ढुंगासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै बाटोमै अलपत्र परेका छन्। 

हल्का पानी पर्दा पनि खरखरे भीरमा पहिरो जाने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

केही दिनयता भने ठूलो पहिरो गइरहेको उनले बताए। आज बिहानको पहिरोले १०-१५ मिटर सडक अवरुद्ध भएको छ।

प्रकाशित: Jun 18, 2022| 10:42 शनिबार, असार ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।