काठमाडौं- दाङबाट जाजरकोट जाँदै गरको ट्रक दुर्घटनामा परेको छ। शनिबार बिहान ना४ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको हो।
गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ट्रक सडकभन्दा ५० मिटर तल खसेको प्रहरीको भनाइ छ।
उक्त ट्रक मुनि २ जना मानिस च्यापिएको प्रहरीले जनाएको छ। उनीहरू गाडीका चालक–सहचालक हुन् वा अरु कोही हुन् भन्ने खुल्न बाँकी छ।
दाङबाट सिमेन्ट र सरिया लोड गरी उक्त ट्रक जाजरकोटका लागि छुटेको थियो।