मंगलबार, साउन २६, २०८३

ओली भेट्न बालकोट पुगे दुई मन्त्री

संसद्मा विचराधीन नागरिकता विधेयक, समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा गृहमन्त्री र कानुनमन्त्री ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन्।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइराला बालकोट पुगेका छन्।

संसद्मा विचराधीन नागरिकता विधेयक, समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा गृहमन्त्री र कानुनमन्त्री ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन्।

सरकारले दलीय सहमतिमा नागरिकता विधेयक अघि बढाउने तयारी गरेपछि प्रतिपक्षी दलका नेता ओलीलाई सहमत गराउन मन्त्रीहरूले भेट गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

गृहमन्त्री खाँणले नागरिकता विधेयकबारे पटक–पटक दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्।

यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि नागरिकता विधेयकबारे छलफल गरिसकेका छन्।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस गरेको छ। तर दलीय सहमति नजुट्दा हालसम्म पारित हुन सकेको छैन ।


प्रकाशित: Jun 17, 2022| 19:49 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...