सोमबार, असार ८, २०८३

ओलीको दाबी : एसपीपीबारे पत्र लेख्दा मलाई जानकारी दिइएन

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले ६ असोज २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वार्टरमा पठाएको ओलीको दाबी छ।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि नेपाली सेनाले पत्र लेख्दा आफूलाई जानकारी नदिइएको दाबी गरेका छन्।  तत्कालीन प्रधानसेनापतिले राजेन्द्र क्षेत्रीले अमेरिकी दूतावासलाई पत्र लेख्दा आफूलाई जानकारी नगराएको दाबी ओलीको दाबी छ। यद्यपि उक्त पत्रको बोधार्थ परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयलाई दिइएको छ। यस्तै पत्रको सुरुमा नै 'सरकारको अनुमतिले भन्ने उल्लेख छ। 

National life

स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले ६ असोज २०७२ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वार्टरमा पठाएको ओलीको दाबी छ। 

‘हामीलाई कतै पनि बताइएन। असोज २४ गते म संसदबाट निर्वाचित भएँ, २५ गते सपथ लिएँ। तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन्,’ ओलीको दाबी छ, 'प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो। परराष्ट्र मन्त्रालयको काम होला। तर प्रधानसेनापति आफैंले लेखेको रहेछ। जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छु। तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला वैशाख २०७४ मा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको पाइएको उनले आरोप लगाए। आफ्नो सरकार आएपछि इण्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल र श्रीलंका पनि संलग्न भएको उल्लेख गरेपछि परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा सहभागी नहुने निर्णय गरेको ओलीको दाबी छ।

प्रकाशित: Jun 17, 2022| 16:14 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...