सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेबाट निर्वाचित जनप्रतिनिधिले जारी गरे २० बुँदे संकल्प [पूर्णपाठसहित]

एमालेबाट निर्वाचित जनप्रतिनिधिले जारी गरे २० बुँदे संकल्प [पूर्णपाठसहित]

एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको बिहीबार र शुक्रबार भएको प्रशिक्षण कार्यक्रमपछि संकल्पपत्र जारी गरिएको हो।
 |  शुक्रबार, असार ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ३, २०७९

काठमाडौं– हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित स्थानीय तह प्रमुख र उप प्रमुखहरुको भेलाले ‘शासक नभई सेवक बन्ने’ घोषणासहितको २० बुँदे संकल्प प्रस्ताव पारित गरेको छ। 

National life

एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको बिहीबार र शुक्रबार भएको प्रशिक्षण कार्यक्रमपछि संकल्पपत्र जारी गरिएको हो। प्रस्तावमा एमालेका जनप्रतिनिधिले पालना गर्ने आचरणदेखि कामका प्राथिमकता पनि उल्लेख छन्।

यस्तो छ २० बुँदे संकल्प

नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाबाट जारी गरिएको काठमाडौं संकल्प

हामी स्थानीय तह निर्वाचन २०७९ मा नेकपा एमाले का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरू पार्टीका सिद्धान्त, नीति र कार्यदिशाबाट दिशा निर्देशित हुँदै, निर्वाचनमा जारी घोषणापत्र र प्रतिवद्धतालाई आधार मानेर, निर्वाचनमा अभिव्यक्त जनअभिमत, हामीसँग मतदाताहरूले गर्नुभएका आशा, अपेक्षा र भरोसालाई केन्द्रबिन्दुमा राखेर संकल्प गर्दछौं।

Shivam cement

१) हामी शासक होइन, जनताका सेवक हुनेछौँ।

२) हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमूना बन्नेछन्।

३) हामी सदाचारमा नमूना बन्नेछौँ ।

४) आफूले कुनै भ्रष्टाचार गर्नेछैनौँ र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्नेछौँ।

५) भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहनमा सङ्लग्नहरूलाई कानुनी कार्बाहीको दायरामा पुर्याउन अग्रणी भूमिका खेल्नेछौँ। 

६) समाजमा व्याप्त कुरीति, कुसंस्कार, रुढी र सामाजिक विकृति विरुद्धको अभियानमा अग्रपङ्क्तिमा उभिएर सामाजिक(सांस्कृतिक रुपान्तरणको अगुवाइ गर्नेछौँ। समाजको विकास, असल मूल्य, मान्यता र संस्कार स्थापित गर्न भूमिका खेल्नेछौं।

७) हामी पारदर्शिता, जनताप्रतिको जवाफदेहिता, विधिको शासन र सुशासनमा विश्वास गछौँ। तसर्थ आम सरोकारका सबै सूचनालाई पारदर्शी र सबैको पहुँचमा राख्नेछौँ।

८) सेवाग्राहीलाई सहज, छरितो र सुलभ सेवा पुर्याउनु हाम्रो कर्तव्य हुनेछ। यसका लागि सेवा प्रवाहलाई प्रविधिमैत्री, बिना झण्झटिलो र पारदर्शी बनाउन लागिरहने छौं। कुनै गुनासो आएमा सकारात्मक रुपमा लिएर तत्काल संवोधन गर्नेछौँ।

९) बेरुजु समयमै फस्यौट गर्नेछौं र जनताबाट प्राप्तहुने सबै प्रकारका राजश्वको पूर्ण एवं प्रभावकारी सदुपयोग गर्नेछौं।

१०) पूर्वाधार निर्माणका काम गर्दा वातावरणको संरक्षण र सन्तुलनलाई गम्भीर ध्यान दिनेछौँ। प्राकृतिक स्रोतको संरक्षण, ऐतिहासिक,सांस्कृतिक र पुरातात्विक धरोहर, मौलिक कला, संस्कृति र असल परम्पराहरू एवं जनताको सामूहिक सम्पदाका रूपमा रहेका क्षेत्रहरूको संरक्षण र सम्बर्द्धनमा संवेदनशील बन्नेछौँ।

११) पालिकाभित्र सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनेछौं, आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति गर्नेछौं, खानेपानी, सरसफाइ तथा वातावरण संरक्षण सुनिश्चित गर्नेछौँ र नागरिकका मौलिक अधिकार कार्यान्वयनमा अग्रणी भूमिका खेल्नेछौँ ।

१२) पालिकालाई लैङ्गिक हिंसामुक्त बनाउन, जातीय विभेद र छुवाछूत अन्त्य गर्न, बालश्रम निर्मूलन गर्न तथा सामाजिक सद्भाव, सांस्कृतिक सहचार्य एवं राष्ट्रिय एकताको जगलाई स्थानीय तहबाटै बलियो बनाउन भूमिका खेल्नेछौं।

१३) विकासको ढाँचालाई जनमुखी, सहभागितामूलक र दिगो बनाउने छौँ। योजना छनोट, कार्यान्वयन र अनुगमनमा स्थानीय समुदायको भूमिकालाई प्रवर्द्धन गर्नेछौँ।

१४) स्थानीय उत्पादनको सम्बर्द्धन र प्रबर्द्धन गर्नेछौँ। समाजमा परिश्रमी, आत्मनिर्भर र राष्ट्रिय पुँजी निर्माणको प्रवृत्तीलाई प्रोत्साहन गर्नेछौँ। बचत गर्ने संस्कृतिलाई अभिप्रेरित गर्नेछौँ ।

१५) प्राकृतिक विपत्ती, महामारी र जनताको पीडामा अग्रपङ्क्तिमा उभिएर निस्वार्थ सेवाभावले काम गर्नेछौँ ।

१६) धूमपान, सूर्तीजन्य पदार्थको प्रयोग, सार्वजनिक स्थानमा मदिरापान, विलासी भोजभतेर जस्ता कुरालाई निरुत्साहित गर्नेछौँ। 

१७) बैठकहरूलाई छरितो, परिणाममुखी र विषय केन्द्रित बनाउने छौँ। बढीभन्दा बढी समय योजना निर्माण, कार्यान्वयन र सेवाप्रवाहमा व्यतीत गर्नेछौँ ।

१८) नियुक्ति, सरुवा बढुवा, सेवा सुविधा प्रवाह लगायतका विषयमा निष्पक्षता र योग्यतालाई आधार बनाउने छौं। परिवार, आफन्तजन, स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण गर्ने छैनौँ। 

९९) मुलुकको प्रचलित कानुनी व्यवस्था बमोजिम जिम्मेवारी वहन गर्दा र जिम्मेवारीबाट विदा हुँदा सम्पत्ति विवरण सार्वजनिक गर्नेछौँ ।यसबारे उठ्ने कुनै पनि प्रश्नको जिम्मेवारीपूर्वक सामना गर्नेछौँ।

२०) सरकारी सवारी साधन, इन्धन र सरकारी स्रोतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयोग गर्नेछौं।

प्रकाशित: Jun 17, 2022| 15:05 शुक्रबार, असार ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...