बिहीबार, चैत १२, २०८२

स्पेनका मिडफिल्डर सिल्भाले गरे सन्यासको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
स्पेन- स्पेनका मिडफिल्डर डेभिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। ३२ वर्षीय सिल्भाले सोमबार सामाजिक सञ्जाल ट्वीटरबाट अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका हुन्।

स्पेनका डिफेन्डर जेरार्ड पिकेले सन्यासको घोषणा गरेको एक दिन पछि नै सिल्भाल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको हो। सन्यासको घोषणा गर्दै सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु आफ्नो लागि निकै कठिन रहेको बताएका छन्। 

‘मलाई स्पेनको राष्ट्रिय टिमबाट खेल्दा धेरै नै गौरवको महसुस हुन्छ। किनकि यहाँ मैले उत्कृष्ट समय बिताएको छु। सन्यासको निर्णय गर्नु मेरो करियरकै सबैभन्दा गाह्रो क्षण बनेको छ।’ सन्यासपछि सिल्भाले भनेका छन्। उनले टिमलाई सधै सम्झिरहने पनि बताएका छन्।

१५ नोभेम्भर २००६ मा रोमानियाविरुद्धको खेलबाट स्पेनको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका ३२ वर्षीय सिल्भाले १२५ खेल खेल्दै ३५ गोल गर्न सफल भएका छन्। त्यसयता सिल्भा टिमका नियमित सदस्य बनेका थिए। स्पेनले २००८ मा युरोकप, २०१० मा विश्वकप र २०१२ मा युरोकप जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।