शनिबार, मंसिर २३, २०८०

ईश्वर पोखरेलले सन् २०१९ मा भनेका थिए- एसपीपीप्रति सकारात्मक छौँ

त्यसो त पोखरेलले सन् २०१९ डिसेम्बर ६ मा इन्डो-प्यासिफिक सुरक्षा मामिलाका लागि रक्षा सहायक सचिव र्‍यान्डल स्राइभरसँग भेटवार्ता गरेका थिए। जहाँ पोखरेलले इन्डो प्यासेफिक स्टाटेजी अन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा नेपाल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।
 |  बिहीबार, असार २, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, असार २, २०७९

काठमाडौं- मुलुकको राजनीति अहिले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विवादमा केन्द्रित छ। एसपीपीमा वर्तमान सरकारले हस्ताक्षर गर्ने तयारी गरेको भनेर सुरु भएको विवाद अहिले थप जेलिएको छ। सरकार, नेपाली सेना र नेपालस्थित अमेरिकी दूतावासले आ-आफ्नै प्रष्टीकरण दिइरहेका छन्। 

sagarmatha cement

गत जेठ ३० गते सरकारले एसपीपीमा हस्ताक्षर गर्ने तयारी गरेको भन्दै १० बुँदे सम्झौतापत्रको प्रस्ताव सञ्चारमाध्यममा सार्वजनिक भएसँगै मुलुकको राजनीति गर्माएको हो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा सरकारसँग एसपीपी सम्झौता गर्न लागेको हो? भनेर निरन्तर प्रश्न गरिरह्यो। सँगैमा अमेरिकासँग सैन्य सम्झौता गरेर मुलुकलाई भड्खालोमा हाल्न खोजिएको आरोप एमालेले लगायो। 

तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकै सरकारले एसपीपी अघि बढाएको पत्र सार्वजनिक भएपछि एमालेलाई संकट परेको छ। बिहिबार मात्रै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एसपीपी सम्झौता ओली नेतृत्वको सरकारले कार्यान्वयनमा ल्याएको दाबी गरेका थिए।  ‘एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा ओली नेतृत्वको सरकारले गरिसकेको छ, यो कुरा सबैले बुझ्न जरुरी छ,’ दाहालले भनेका थिए।

लगत्तै दिउँसो ओली सरकारमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारीमा रहेका एमाले उपाध्यक्ष ईश्वर पोखरेलले एमाले र ओली नेतृत्वको सरकारविरुद्ध झुटो आरोप लगाएको दाबी गरे। उनले एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारको पालामा अघि बढाइएको भनेर गलत कुरा सम्प्रेषण गरिएको दाबी गरेका थिए। उनले एसपीपी प्रस्ताव नेपाल आउँदा नेपाली कांग्रेस नेतृत्वको सरकार रहेको उल्लेख गरे। 

पूर्वउपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका सांसद पोखरेलले आफू मन्त्री रहँदा त्यसबारे कुनै भएको लिखत, वक्तव्य, माइन्युट भए संसदमा प्रस्तुत गर्न चुनौती दिँदै त्यसको पूर्ण जवाफदेही लिन तयार रहेको बताएका थिए। ‘गठबन्धनका नेताहरु आज गलत ढंगले झुटो कुरा बोलिरहनुभएको छ। गठबन्धनलाई नेतृत्व गर्ने नेताहरु सरासर झुटो कुरा बोलिरहनुभएको छ। एमालेप्रति आक्षेप लगाउने काम गर्नुभएको छ। सन् २०१५ मा प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो, रक्षा पनि। सन् २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो। त्यसबेला सकारात्मक प्रस्ताव पठाउनेहरू अहिले गलत कुराहरु बोलिरहनुभएको छ।’

Metro Mart
worldlink

पोखरेलले सदनमा चुनौती दिएको एकाध घण्टामै तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपी संलग्न हुन अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भयो। सन् २०१५ को अक्टोबर २७ मा (२०७२ कात्तिक १० गते) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुनका लागि अनुरोध गरेका थिए। त्यसबेला केपी शर्मा ओली प्रधानमन्त्री थिए। पत्रको बोधार्थ रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पनि दिइएको छ। पोखरेलले एसपीपी सम्झौता तत्कालीन प्रधानमन्त्री कोइरालाका पालामा एसपीपीको प्रस्ताव आएको दाबी गरेका थिए। असोज २५ गते प्रधानमन्त्रीमा ओली चुनिइसकेका थिए।  

पोखरेलले एमाले सरकार र आफू रक्षामन्त्री हुँदा एसपीपीका लागि कुनै सकारात्मक कुरा गरेको लिखत, वक्तव्य, माइन्युट भए संसदमा प्रस्तुत गर्न चुनौती समेत दिएका थिए। तर, २०१८ अगस्ट १२ मा पोखरेलले रक्षमन्त्रीको हैसियतमा अमेरिकी इन्डो प्यासिफिक कमान्डका डेपुटी कमान्डर  ब्रायन फेन्टनसँग भेटवार्ता गरेका थिए। नेपाल भ्रमणमा आएका फेन्टनले पोखरेल, तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेका थिए। 

भेटवार्ताबारे जानकारी दिँदै अमेरिकी दूतावासले लेखेको छ, 'अमेरिका र नेपालबीचमा अझै बलियो सुरक्षा साझेदारी कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा कुराकानी गर्नुभयो। भ्रमणका क्रममा उहाँले नेपाली सेना महाबिर रजेन्र रजिमेन्टमा गई सैन्य चिकित्सा, सर्च तथा रेस्क्यु तालिम, आत्मरक्षा प्रविधिहरूलागयत अन्य सैन्य रणनीतिक विषयको अवलोकन गर्नुभयो। आफ्नो कठिन मेहनत, एक आपसको सहकार्य, तथा आथित्यका माध्यमबाट नेपाली सेना र रक्षा मन्त्रालयले नेपाल र अमेरिकाबीचको रक्षा-सम्बन्ध अझै बलियो हुँदै गएको थप प्रष्ट पार्नुभएको थियो।'  

त्यसो त पोखरेलले सन् २०१९ डिसेम्बर ६ मा इन्डो-प्यासिफिक सुरक्षा मामिलाका लागि रक्षा सहायक सचिव र्‍यान्डल स्राइभरसँग भेटवार्ता गरेका थिए। जहाँ पोखरेलले इन्डो प्यासेफिक स्टाटेजी अन्तर्गतको स्टेट पार्टनरसिप कार्यक्रममा नेपाल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए। 

'अमेरिकी सरकारले नेपाली सेनाको क्षमता विकास, विपद् व्यवस्थापन र संयुक्त सैन्य अभ्यासमा गरेको सहयोगप्रति पोखरेलले धन्यवाद दिनुभएको छ,' रक्षा मन्त्रालयका तत्कालीन उपसचिव मुक्तिराम अर्यालले काठमान्डू पोस्टसँग भनेका थिए, 'रक्षामन्त्री पोखरेलले अमेरिकी सेनाको इन्डो प्यासेफिक रणनीति अन्तर्त स्टेट पार्टनरसिप प्रोग्रामप्रति नेपाल सरकार सकारात्मक रहेको बताउनुभएको थियो।'

संसदमा एसपीपीबारे आफू रक्षामन्त्री हुँदा कुनै सकारात्मक कुरा गरेको लिखत, वक्तव्य, माइन्युट भए संसदमा प्रस्तुत गर्न चुनौती दिएका पोखरेलले पटकपटक इन्डोप्यासेफिक सुरक्षा मामिलाका अधिकारीसँग भेटेको देखिन्छ। र एसपीपी अघि बढाउन सकारात्मक रहेको उनले बताएको तथ्य भेटिएका छन्। अब सदनमा उनले यसबारे जवाफ देलान् वा चुपचाप बस्लान्? यो विषयमा चासो केन्द्रित भएको छ। 


प्रकाशित: Jun 16, 2022| 19:42 बिहीबार, असार २, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्