शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी बजेट ४० अर्ब हाराहारीको : कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

लुम्बिनी बजेट ४० अर्ब हाराहारीको : कृषि, शिक्षा र स्वास्थ्य प्राथमिकतामा

आर्थिक मन्त्रालय श्रोतका अनुसार अघिल्लो आर्थिक वर्षको हाराहारीमा अर्थात् ४० अर्बकै बजेट ल्याउनेछ। यद्यपि केही दिनअघिसम्म लुम्बिनी प्रदेश सरकारले बजेटको आकार घटाउने तयारी गरेको थियो।
 |  बुधबार, असार १, २०७९

विनोद परियार

विनोद परियार

बुधबार, असार १, २०७९

बुटवल- लुम्बिनी प्रदेश सरकारले कार्यकालको अन्तिम बजेट आज (बुधबार) ल्याउँदै छ। माओवादी नेतृत्वको गठबन्धन सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज (बुधबार) अपराह्न ४ बजे प्रदेशसभामा बजेट सार्वजनिक गर्नेछन्। आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले पाँच वर्षे कार्यकालको अन्तिम बजेट ल्याउने भएका हुन्।

triton college

आर्थिक मन्त्रालय श्रोतका अनुसार अघिल्लो आर्थिक वर्षको हाराहारीमा अर्थात् ४० अर्बकै बजेट ल्याउनेछ। यद्यपि केही दिनअघिसम्म लुम्बिनी प्रदेश सरकारले बजेटको आकार घटाउने तयारी गरेको थियो। राजस्व अनुमान गरेभन्दा कम संकलन भएपछि आर्थिक मामिला तथा सहकारी मन्त्रालयले बजेटको आकार घटाउने तयारी गरेको थियो। तर, मंसिरमा चुनाव हुने भएकाले मुख्यमन्त्री कुलप्रसाद केसी सहित गठबन्धनका दल र मन्त्रीहरूले समेत योजनाहरूको लामो सूची ल्याएपछि बजेट कटौती गर्न अर्थमन्त्रालय असमर्थ बनेको हो। मन्त्रालयको संख्या वृद्धि भएकाले मन्त्रालयगत योजना समेट्दा पनि बजेटको आकार चाहेर पनि घटाउन नसकेको अर्थमन्त्रालयका अधिकारीले बताएका छन्। 

पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै, निर्वाचन केन्द्रित बजेट आउने छ। चालु आर्थिक वर्षका लागि अर्थमन्त्री खड्काले नै ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएका थिए। प्रदेश गौरवका आयोजनाहरूलाई निरन्तरता दिँदै केही महत्वाकाक्षी योजनालाई समेटेर बजेट ल्याउने तयारी सरकारले गरेको छ। 

आर्थिक मामिला तथा सहकारी मन्त्रालयका उपसचिव रामबहादुर कार्कीले ४० अर्बकै हाराहारीमा बजेट आउने बताए। उनका अनुसार बजेटले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेको छ। 

सरकारले २५ जेठमा ल्याएको नीति तथा कार्यक्रममा अधिकांश यसअघिकै सरकारले ल्याएको कार्यक्रमलाई निरन्तरता दिएकाले बजेट पनि त्यसमै केन्द्रित हुने धेरैले आंकलन गरिएको छ।

corrent noodles
Metro Mart

प्रदेश योजना आयोगले सरकारलाई बजेट निर्माणकै क्रममा ९ बुँदे मार्गदर्शन र १९ बुँदे ध्यान दिनुपर्ने क्षेत्रहरू तोकिदिएको छ। मन्त्रालयहरूले सोही बुँदामा रहेर बजेट निर्माण गरेका हुन्। 

 योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले यसअघि आउने बजेटभन्दा अहिले आउने सबै प्रक्रियागत रहने दाबी गरे। नीति तथा कार्यक्रममा ‘एक स्थानीय तह: एक खेलकुद संरचना’, एक स्थानीय तह  एक नमुना उत्पादन, एक जिल्ला : एक निर्यातयोग्य बाली तथा बस्तु, एक स्थानीय तह : एक प्रारङ्गिक मल उद्यम, स्मार्ट कृषि गाउँ कार्यक्रम, व्यवसाय प्रवर्द्धन कार्यक्रम, उद्यमशीलता प्रवर्द्धन, एक निर्वाचन क्षेत्र : एक औद्योगिक ग्राम, बाइसे चौबिसे पर्यटकीय सर्किट, एक जिल्ला एक सांस्कृतिक ग्राम, एक घर एकधारा, कृषिको आधार : सिचाईमा सुधार, उज्यालो प्रदेश : लुम्बिनी प्रदेश, बेरोजगारलाई रोजगार : साथमा छ प्रदेश सरकार नारासहित गरिखाने कार्यक्रम ल्याएको छ। यी अधिकांश पुरानै हुन्। प्रदेशको राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर-रोल्पा सडकलाई प्रदेश गौरवको योजनामा राखिएको छ।

कृषि अनुदानलाई कायम राख्दै सहुलियतपूर्ण ऋणलाई प्राथमिकतामा राख्ने योजना नीति कार्यक्रममा उल्लेख छ। अन्तिमम कार्यकालको बजेट र चुनावअघि आउने बजेट भएकाले कार्यकर्तामुखी बजेट आउने आंकलन गरिएको छ। टुक्रे योजनालाई समेत अधिकतम समेटिएको छ।

प्रकाशित: Jun 15, 2022| 08:55 बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।