शनिबार, वैशाख २२, २०८१

शृंखलाबद्ध विवादमा विमला

मन्त्री पद पाउन सत्ता राजनीतिमा दलबदल गर्न खप्पिस ओली पछिल्लो पटक आमाछोरी कुटेपछि विवादमा तानिएकी हुन्।
 |  मंगलबार, जेठ ३१, २०७९

विनोद परियार

विनोद परियार

मंगलबार, जेठ ३१, २०७९

बुटवल– लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवं सांसद विमलाकुमारी खत्री ओली बेलाबेला चर्चामा आइरहन्छिन्। मन्त्री पद पाउन सत्ता राजनीतिमा दलबदल गर्न खप्पिस ओली पछिल्लो पटक भने आमाछोरी कुटेपछि विवादमा तानिएकी हुन्।

triton college

तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि प्रदेशमा मन्त्री पदको अफरसहित माओवादीमा हाम फालेकी ओली मंगलबार कुटपिटमा संलग्न भएपछि शृखंलाबद्ध विवादको भूमरीमा फसेकी छन्। ओली लुम्बिनी प्रदेशको गठबन्धन सरकारको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीसमेत हुन्। 

गत वर्ष साउन दोस्रो साता सत्ता जोडघटाउमा पनि विमला दलहरूको निशानामा परेकी थिइन्। त्यतिखेर तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले आफूलाई बन्धक बनाएको दाबी विमलाले सार्वजनिक रूपमै गरेकी थिइन्। श्रीमान् उत्तरकुमार ओलीको सवारी दुर्घटनामा परी ज्यान गएपछि दाङको निर्वाचन क्षेत्र ३ ‘ख’ को उपनिर्वाचनमा तत्कालीन नेकपाबाट विमला प्रदेशसभामा निर्वाचित भएकी थिइन्। 

सूर्य चिह्नबाट चुनाव जितेकाले एमालेले आफ्नो सांसद दाबी गरे पनि विमलाले माओवादी केन्द्र रोजेपछि गठबन्धनमा मन्त्री बन्ने अवसरसमेत पाएकी छन्। यद्यपि उनको मुद्दा सर्वोच्चमा विचाराधीन छ। 

मन्त्री बनेपछि एक महिनाअघिसम्म एमालेले विमलालाई कारबाही माग्दै सदन अवरुद्ध गर्दै आएको थियो। तर मन्त्री बनेपछि विमलाको चर्चा खासै हुँदैनथ्यो। सदनदेखि सडकसम्म राज्यमन्त्री विमला बिरलै भेटिन्थिन्। मन्त्री नहुँदै राजनीतिक जोडघटाउमा ५ दिनसम्म सम्पर्कविहीन भएपछि भने लुम्बिनी प्रदेशको विवादित सांसदका रूपमा उनले परिचय बनाइसकेकी थिइन् 

corrent noodles
Metro Mart

चर्चामा आइरहने विमला सार्वजनिक रूपमा भने कहीँ पनि बोलिनन्। सञ्चार माध्यमसँग त उनको दूरी सधैं टाढा रहिरह्यो। तर, एक वर्षयता भने उनी कुनै न कुनै माध्यमबाट चर्चामा आइरहेकी छन्। पदीय दायित्व भुलेर मंगलबार दाङको तुलसीपुर उपमहानगर–५ की २७ वर्षीया मीना भण्डारी बस्नेतमाथि हातपात गरेपछि उनलाई कानुनी कारबाहीको माग गर्ने नागरिकको संख्या बढेको छ। 

विमलाले तुलसीपुर उपमहानगर–५ बसपार्कस्थित एकराज बस्नेतको घरमै पुगेर आफू र छोरीलाई हातपात गरेको एकराजकी श्रीमती मीनाले बताइन्। कुटपिट गरेर आतंक मच्याएपछि राज्यमन्त्री ओलीलाई इलाका प्रहरी कार्यालय तुल्सीपुरले नियन्त्रणमा लिएको छ। 

एकाबिहानै घरमा मन्त्री आएपछि के कामले आउनुभयो ? भनेर ढोकाको चाबी खोलेर घरभित्र आउन अनुमति दिएको एकराजकी श्रीमती मीनाले बताइन्। ‘विमलाले एकराज तेरो लोग्ने होइन, मेरो लोग्ने हो, तुरुन्त निकाल भनेपछि श्रीमान् घरमा हुनुहुन्न भन्नासाथ एक्कासि मेरो कपाल समातेर लात्ती, मुड्कीले हान्नुभयो,’ मीनाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। राज्यमन्त्री ओलीले मीनालाई अपशब्द बोल्दै हातपात गरेर दराजसमेत तोडिदिएको जाहेरीमा उल्लेख छ। 

सुरक्षा गार्ड राजेश हरिजनसहित एकराजको घरमा प्रवेश गरी कुटपिट गरेर आतंक मच्याएको भन्दै मीनाले राज्यमन्त्री ओलीलाई कारबाहीको माग गरेकी छन्। यद्यपि प्रहरीले जाहेरी दर्ता भइनसकेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा जाहेरी आएको तर त्यसको अध्ययन, अनुसन्धान गरेर मात्रै दर्ता गरिने बताए। ‘घटना भएपछि मन्त्रीज्यूलाई हामीले ‘रेस्क्यु’ गरेका हौं। घटना कसरी भयो, त्यसबारे अनुसन्धानमै छौं,’ उनले भने। 

राज्यमन्त्री विमला विहान ८ः४५ बजे तुल्सीपुर उपमहानगर–५ स्थित एकराजको घर पसेकी थिइन् । विमलाको स्थायी बसोबास भने वडा–६ हो। 

राज्यमन्त्री विमलाको एकराजसँग प्रेमसम्बन्ध रहेको चर्चा छ। मन्त्री हुनुअघि सांसद विमला र एकराजको चुम्बन तस्विर सामाजिक सञ्जालमा बाहिरिएपछि प्रेम सम्बन्ध छताछुल्ल भएको थियो। तर, त्यो तस्बिर सम्पादन गरेर बदनाम गर्न राखिएको र आफूहरूसँग दिदीभाइको सम्बन्ध रहेको भन्दै दुवैले स्पष्टीकरण दिएका थिए। एकराज नेकपा माओवादी केन्द्र निकट वाइसिएलका नेता हुन्।  

तुरुन्त बर्खास्त गर्न एमालेको माग

नेकपा एमालेले स्वास्थ्य राज्यमन्त्री ओलीलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेको छ। वलीले प्रेमी भनिएका एकराजको घरमै छिरेर बस्नेतकी श्रीमती मीना र नाबालक छोरीमाथि हातपात र दुव्र्यवहार गरेको घटना सार्वजनिक भएपछि एमालेले मन्त्रीबाट बर्खास्तगीको माग गरेको हो । 

‘राज्यमन्त्रीको व्यवहारले सबै सांसद र प्रदेशबासीको शिर निहु-याएको छ। अर्काको श्रीमान्लाई मेरो श्रीमान् भन्दै आफूजस्तै अर्की महिलामाथि हातपातमा उत्रिनु लज्जास्पद हो,’ एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमेश्वर ढकालले भने। 

उनले वलीलाई तत्काल बर्खास्त नगरे प्रदेश सरकारको नालायकी पुष्टि हुने बताए। प्रदेश सरकारले भने घटनाको छानबिन गरिने बताएको छ प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री एवं प्रवक्ता तिलकराम शर्माले विगतमा पनि विमला  विवादमा आएकाले अहिलको घटना सम्बन्धमा गम्भीर छानबिन गरिने प्रतिबद्धता जनाए। 

प्रकाशित: Jun 14, 2022| 17:55 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।