बुधबार, असार १७, २०८३

एसियाली च्याम्पियनसिप खेल्ने नेपाली क्रिकेट टिमको विदाइ

नेपाल क्रिकेट संघ (क्यान) ले मलेसिया जाने नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको विदाइ गरेको छ।
 |  मंगलबार, जेठ ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३१, २०७९

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले मलेसिया जाने नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको विदाइ गरेको छ। एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेल्नका लागि मलेसिया जाने टिमलाई क्यानले आज काठमाडौंमा विदाइ गरेको हो।

मलेसियामा आयोजना हुने एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि प्रशिक्षक जगत टमाटाले हिजो सोमबार नेपाली टिमको घोषणा गरिसकेका छन्। रुबिना क्षेत्रीको कप्तानीमा प्रशिक्षक जगत टमाटाले नेपाली टिमको घोषणा गरेका हुन्।

१५ सदस्यीय महिला टिमको प्रारम्भिक टोलीमा रहेका १९ खेलाडीबाट छानेर अन्तिम टोलीको घोषणा भएको हो। जसमा मनिषा उपाध्याय पहिलो पटक टिममा परेकी छन्।

अब मलेसियामा च्याम्पियनसिप आउँदो यही १७ बाट सुरु हुँदैछ। नेपाल च्याम्पियनसिपको समूह बीमा रहेको छ। यो समूहमा नेपालसहित हङकङ, कुवेत, भुटान र बहराइन छन् भने समूह एमा आयोजक मलेसियासँगै युएई, ओमान,कतार र सिंगापुर छन्।

समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। त्यस्तै, च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ।

प्रकाशित: Jun 14, 2022| 16:42 मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।