मंगलबार, असार २३, २०८३

ओलम्पिक २०२० : स्वर्ण प्रतिस्पर्धामा अमेरिका र चीनको बराबरी

टोकियो ओलम्पिक २०२० मा पदकका हिसाबले अमेरिका केही अघि रहे पनि उसले स्वर्ण पदकमा चीनसँग संघर्ष गरिरहेको छ।
 |  आइतबार, साउन २४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन २४, २०७८

काठमाडौं – टोकियो ओलम्पिक २०२० मा पदकका हिसाबले अमेरिका केही अघि रहे पनि उसले स्वर्ण पदकमा चीनसँग संघर्ष गरिरहेको छ।

अहिले ११० पदक जितेको अमेरिका शीर्षस्थानमा छ भने ८७ पदक जितेको चीन दोस्रो स्थानमा छ। तर यी दुवै देशले समान ३८–३८ स्वर्ण जितेका छन्।

त्यसबाहेक अमेरिकाले ३९ रजत र ३३ काश्य जितेको छ भने चीनले ३१ रजत र १८ काश्य जितेको छ। केहि दिन अघिसम्म स्वर्ण पदकमा अघि रहेको चीनलाई आज आइतरबार अमेरिकाले बराबरी गरेको छ।

यता, २७ स्वर्णका साथ आयोजक राष्ट्र जापान तेस्रो स्थानमा छ। उसले २७ स्वर्णसहित १४ रजत र १७ काश्य पनि जितेको छ।

यता बेलायतको २१ स्वर्णसहित ६४ पदक छ भने रसियन ओलम्पिक कमिटीको २० स्वर्णसहित ७० पदक छ। त्यस्तै, अष्ट्रेलियाले अहिलेसम्म १७ स्वर्णसहित ४६ पदक आफ्नो नाममा गरेको छ भने नेदरल्यान्ड, जर्मनी र इटालीले समान १०–१० स्वर्ण जितिसकेका छन्। उनीहरुको क्रमशः ३६, ३७ र ४० पदक छ। त्यस्तैं, १० औं स्थानको फ्रान्सले नौ स्वर्णसहित ३२ पदक जितेको छ।

नेपालको छिमेकी मुलुक इन्डियाले पनि एक स्वर्ण जितेको छ। इन्डियाले एक स्वर्णसहित सात पदक जितेको छ।

प्रकाशित: Aug 08, 2021| 11:34 आइतबार, साउन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।