सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले सचिवालय बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेस, अन्तर्घात बढेको निष्कर्ष

एमाले सचिवालय बैठकमा चुनावी समीक्षा प्रतिवेदन पेस, अन्तर्घात बढेको निष्कर्ष

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठकमा निर्वाचन परिणामबारे प्रतिवेदन पेस भएको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं-  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठकमा निर्वाचन परिणामबारे प्रतिवेदन पेस भएको छ। पार्टीको निर्वाचन विभागले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा प्रतिवेदन बैठकमा पेस गरेको हो।

National life

प्रतिवेदनमा पार्टी विभाजनलगायतको प्रतिकुलतामा पनि राम्रो परिणाम पाएको उल्लेख छ। यद्यपि, यसपटकको चुनावमा विगतको तुलानामा अन्तरघात बढेको निष्कर्ष विभागको छ। साथै टिकट वितरणमा पनि कतिपय ठाउँमा समस्या देखिएकोले अपेक्षित नतिजा नआएको कुरा प्रतिवेदनमा छ।

त्यस्तै, प्रतिवेदनमा चुनावी परिणाम सोचेजस्तो नआउनुमा राज्य पक्षले धाँधली गरेको कुरा उल्लेख गरिएको छ। २३ पेजको उक्त प्रतिवेदनमा गठबन्धन र पार्टी फुटकोसँगै सरकार पक्षबाट भएको धाँधलीलाई चुनाव हार्नुको मुख्य कारण रहेको निष्कर्ष विभागको छ। 

यसपटकको कमीकमजोरीलाई स्वीकारेर आगामी निर्वाचनमा गए पुनः एमालेले आफ्नो पक्षमा परिणाम ल्याउन सक्ने पनि प्रतिवेदनमा लेखिएको छ। अहिले जारी सचिवालय बैठकमा यिनै विषयमा छलफल भइरहेको छ।

प्रकाशित: Jun 13, 2022| 16:20 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...