मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मेडिकल काउन्सिल कमिसनतन्त्रमा फसेको छ : सांसद चौधरी, काउन्सिल भन्छ– उहाँको छोरा लाइसेन्स परीक्षामा तीनपल्ट फेल हुनुभएको थियो

मेडिकल काउन्सिल कमिसनतन्त्रमा फसेको छ : सांसद चौधरी, काउन्सिल भन्छ– उहाँको छोरा लाइसेन्स परीक्षामा तीनपल्ट फेल हुनुभएको थियो

नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले मेडिकल काउन्सिलमा कमिसनको खेल भएको आरोप लगाएकी छन्।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं– नेकपा एमालेकी सांसद गंगा चौधरी सत्गौवाले मेडिकल काउन्सिलमा कमिसनको खेल भएको आरोप लगाएकी छन्।

प्रतिनिधिसभाको बैठकमा उनले यस्तो आरोप लगाएकी हुन्। मेडिकल काउन्सिलमा भइरहेको कमिसनको खेलले डाक्टरहरु लाइसेन्स परीक्षामा फेल भइरहेको उनको दाबी छ।

उनले भनिन्, ‘एउटै तहको परीक्षामा बिहान एउटा, दिउँसो अर्को र बेलुकै अर्कै खालको पेपर आउँछ। दुःख गरेर डाक्टर बनेकाहरु फेल हुन्छन्। ती पीडितको दुःखमा मेडिकल काउन्सिल रमाइरहेको छ।’

सांसद चौधरीले संसद्मा आफ्नै पीडा बोलेकी हुन्। मेडिकल काउन्सिल स्रोतका अनुसार उनका छोरा मेडिकल काउन्सिलको नाम दर्ता (लाइसेन्स) परीक्षामा फेल भएका थिए, त्यो पनि तीन पटकसम्म। 

बंगलादेशमा पढेर आएका चौधरीले लाइसेन्स परीक्षामा पटकपटक नाम निकाल्न नसकेपछि सांसद चौधरीले नाम निकालिदिन भन्दै दबाब दिँदै आएकी थिइन्। छोराको नाम ननिस्केपछि गंगाले काउन्सिललाई आरोप लगाएको दुखेसको काउन्सिलका अधिकारीहरुको छ। 

प्रकाशित: Jun 13, 2022| 14:53 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...