सोमबार, असार ८, २०८३

धनगढीका स्वतन्त्र मेयर हमालले सत्ता गठबन्धनलाई दिए मत

कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं– कैलालीको धनगढी उपमहागरपालिकामा स्वतन्त्रबाट मेयर जितेका गोपाल हमालको मतले जिल्ला समन्वय समिति कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन्।

National life

जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसका पदमबहादुर कलेल र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका खगराज भुसाल निर्वाचित भएका छन्। 

१३ वटा स्थानीय तह रहेको कैलालीको जिससमा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र नेकपा एमालेले गठबन्धन गरेका थिए। दुई दलको १२ मत थियो। सत्तारुढ गठबन्धनको पनि १२ मत नै थियो। निर्णायक मानिएका हमालले सत्तारुढ गठबन्धनलाई मत दिएपछि कलेल र भुसाल निर्वाचित भएका हुन्।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले भने जिससको निर्वाचनमा मतदान गर्न पाएनन्। उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनलाई उनले मतदान गर्न नपाएका हुन्।

प्रकाशित: Jun 13, 2022| 14:26 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...