मंगलबार, साउन २६, २०८३

कार्यसूची बदलेर सदनमा मल संकटबारे छलफल

प्रतिनिधिसभाको आज सोमबारको बैठकको कार्यसूची हटाएर रासायनिक मलमाथि छलफल सुरु भएको छ। यो प्रस्तावमा दुई घण्टा छलफल हुनेछ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं– प्रतिनिधिसभाको आज सोमबारको बैठकको कार्यसूची हटाएर रासायनिक मलमाथि छलफल सुरु भएको छ। यो प्रस्तावमा दुई घण्टा छलफल हुनेछ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌मा आजको कार्यसूची स्थगनको प्रस्ताव दर्ता गराएपछि कार्यसूची स्थगन गरिएको हो। 

संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न माग गर्दै एमालेले स्थगनको प्रस्ताव दर्ता गराएको हो। एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संथगनको प्रस्ताव दर्ता गराएका हुन्।

किसानले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ। उक्त प्रस्तावमाथि संसद्‌मा छलफल सुरु भएको छ।


प्रकाशित: Jun 13, 2022| 11:55 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...