सोमबार, असार ८, २०८३

मंसिर पहिलो साता चुनाव गर्न आम सहमति जुटिसक्यो : प्रचण्ड

सत्ता साझेदार दल नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन्।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं– सत्ता साझेदार दल नेकपा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर पहिलो हप्ता प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुने बताएका छन्। 

National life

बर्दियामा सोमबार आयोजित पार्टीको कार्यक्रममा उनले सरकारमा रहेका दल र प्रमुख प्रतिपक्षी एमालेसँग पनि मंसिरमा चुनाव गर्नेबारे समझदारी बनेको बताए। 

कात्तिक अन्तिम हप्ता वा मंसिर पहिलो हप्ता चुनाव गर्ने भन्नेबारे छलफल भएको र मंसिरमा निर्वाचन गर्ने समझदारी भएको दाहालको भनाइ छ। उनले भने, ‘अब देश प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गएको छ। गठबन्धनभित्र कुराकानी गर्दा र प्रतिपक्षीको कुरा सुन्दा मंसिर पहिलो हप्ता वा कात्तिक अन्तिम साता चुनाव गर्ने भन्ने छ। चुनाव मंसिर पहिलो हप्ता हुने बढी सम्भावना छ।’

दाहालले एकै चरणमा निर्वाचन गर्ने कि दुई चरणमा भन्नेबारे निर्णय भइनसकेको तर एकै चरणमा चुनाव हुने सम्भावना बढी रहेको बताए। ‘एक चरणमा गर्ने कि दुईमा भन्ने कुरा पनि छ। स्थानीय तहको निर्वाचन एकैपटक सम्पन्न भएको अवस्थामा प्रदेश र संघको एकैचोटी गर्ने कि भन्ने छलफल छ। सुरक्षाका हिसाबले दुई चरणमा गर्ने कि भन्ने कुरा पनि आएको छ। जे भए पनि मंसिरमा नै चुनाव सम्पन्न हुन्छ,’ उनले भने।

प्रकाशित: Jun 13, 2022| 11:50 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...