शनिबार, मंसिर ६, २०८२

स्पेन र नर्वेको जित, स्विट्जरल्यान्डसँग पोर्चुगल पराजित

नर्वेको उल्लेवाल रंगशालामा भएको खेलमा नर्वेले पाहुना टिम स्विडेनलाई ३-२ ले हराएको हो।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- यूईएफए नेसन्स लिगअन्तर्गत आइतबार रातिको खेलमा स्पेन, स्विटजरल्यान्ड र नर्वेले जित निकालेको छ। 

National life

नर्वेको उल्लेवाल रंगशालामा भएको खेलमा नर्वेले पाहुना टिम स्विडेनलाई ३-२ ले हराएको हो। नर्वेलाई जित दिलाउनका लागि इर्लिङ हाल्यान्डले दुई गोल गरेका छन्। त्यस्तै, अलेक्जेन्डर सरलोठले पनि एक गोल गरे। यता स्विडेनका लागि इमिल फोर्सबर्ग र भिक्टोर ग्योकेरेसले समान १-१ गोल फर्काएका थिए।

यो समूह एचको खेल हो। सोहि समूहको अर्को खेलमा भने स्लोभेनिया र सर्बियाले २-२ को बराबरी खेलेका छन्। यो बराबरीसँगै सात अंक बनाएको सर्बिया तालिकाको दोस्रो स्थानमा छ भने चार खेलबाट १० अंक बनाएको नर्वे शीर्षस्थानमा छ। चार टिम रहेको समूहको पुछारमा भने स्लोभेनियाँ रहेको छ।

यता समूह बीको खेलमा भने स्पेनले चेक गणतन्त्रलाई २-० ले हराएको छ। स्पेनका लागि कार्लोस सोलर र पाबलो सराबियाले गोल गरेका थिए। सोहि समूहको अर्को खेलमा भने पोर्चुतगले हार बेहोरेको छ।

आइतबार राति स्विट्जरल्यान्डको घरेलु मैदानमा सम्पन्न खेलमा फरवार्ड क्रिस्टियानो रोनाल्डोविना उत्रिएको टिमले घरेलु टिमसँग १-० को हार बेहोरेको हो।

Laxmi sunrise bank
kumari

खेलको पहिलो मिनेटमै ह्यारिस सेफेरोविचले गोल गरेका थिए। त्यो गोललाई बचाउँदै स्विट्जरल्यान्डले जित निकालेको हो।

यो जितका बाबजुद स्विटजरल्यान्ड समूहको पुछार अर्थात् चौथो स्थानमा छ। पोर्चुगल भने दोस्रो स्थानमा छ। चार खेलबाट आठ अंक बनाएको स्पेनले भने समूहको शीर्षस्थान ओगटेको छ।

प्रकाशित: Jun 13, 2022| 11:47 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।