मंगलबार, साउन २६, २०८३

एमालेद्वारा संसद्‌मा बजेटमाथिको छलफल ‘स्थगनको प्रस्ताव’ दर्ता

संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न माग गर्दै एमालेले स्थगनको प्रस्ताव दर्ता गराएको हो।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌मा स्थगनको प्रस्ताव दर्ता गराएको छ। संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न माग गर्दै एमालेले स्थगनको प्रस्ताव दर्ता गराएको हो।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संथगनको प्रस्ताव दर्ता गराएका हुन्। किसानले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ। उक्त प्रस्तावमाथि संसद्‌मा छलफल हुने भएको छ।


स्थगन प्रस्ताव स्वीकृत भए संसद्‌मा उक्त प्रस्तावमाथि छलफल हुनेछ। र, यस्तो अवस्थामा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने संसद् सचिवालयले जनाएको छ।

संसद् सचिवालयले उक्त प्रस्तावलाई आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीको १ नम्बरमा राखेको छ।


प्रकाशित: Jun 13, 2022| 11:23 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...