मंगलबार, साउन २६, २०८३

एमाले सचिवालय बैठक आज, घनश्यामलाई कारबाही होला?

गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्न बैठक बस्न लागेको हो।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्न बैठक बस्न लागेको हो।

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई अनुशासन आयोगले कारबाही सिफारिस गरेपछि सोमबार पहिलोपटक सचिवालय बैठक बस्दैछ।

सचिवालयअघि आइतबार केन्द्रीय कार्यालयको बैठक बसेको थियो। महासचिवको नेतृत्वमा उपमहासचिव र सचिवहरु सदस्य रहने कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरेको छ।

स्थानीय निर्वाचनपछि बस्न लागेको यो पहिलो बैठकमा चुनावको समीक्षा गर्ने मुख्य एजेण्डा छ। तर, एमाले वृत्तमा तरङ्ग पैदा गरेको भुसालको कारबाहीको विषय भने आइतबार कार्यालयको बैठकमा एजेण्डा नै बनेन।

सचिवालयमा छलफल भइहाले पनि भुसाललाई स्पष्टीकरणका लागि पत्र लेख्नेसम्मको सामान्य कारबारही हुन सक्ने बताइएको छ। तर, उनीमाथि अध्यक्ष केपी शर्मा ओलीले नै कारबाही गर्न चाहेकाले यो विषय सजिलै नसेलाउने अर्काथरि एमाले नेताहरुको तर्क छ।  

नेकपा एमालेको सचिवालयमा अध्यक्ष केपी ओलीसहित १९ जना छन्। भुसाललाई कारवाहीका लागि बहुमत जुटाउन कम्तिमा १० जना आवश्यक पर्छ।

घनश्यामलाई कारवाही होला?

कार्यालयको बैठकमा भुसालमाथिको कारबाहीबारे छलफल नभए पनि पार्टी केन्द्रीय अनुशासन आयोगले भने उनीमाथि कारबाही गर्न सचिवालयलाई पत्र काटिसकेको छ।

अनुशासन आयोगका अध्यक्ष केशव बडालका अनुसार सोमबारको बैठकको मुख्य एजेण्डा चुनावी समीक्षा हो। तर, आयोगले भुसालमाथि कारबाहीका लागि पत्र काटिसकेका कारण यो विषय सचिवालयमा उठ्न सक्छ।

पत्र काटिसकेपछि यसबारे केही न केही छलफल हुने बडालले बताएका छन्। यद्यपि भुसालको कारबाहीका विषयमा एमालेभित्रबाटै दुईथरी तर्क सार्वजनिक भएपछि नेतृत्वलाई दबाव भएको छ।

एमाले नेता भुसालले एक टेलिभिजन कार्यक्रममा दिएको अन्तवार्ताको अभिव्यक्तिलाई लिएर अनुशासन आयोगले कारबाहीका लागि केन्द्रीय कमिटीसमक्ष सिफारिस गरेको थियो।


प्रकाशित: Jun 13, 2022| 10:15 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...