सोमबार, असार ८, २०८३

एमालेको सचिवालय बैठक बस्दै, के-के छन् एजेन्डा?

नेकपा एमालेको सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।
 |  सोमबार, जेठ ३०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३०, २०७९

काठमाडौं- नेकपा एमालेको सचिवालय बैठक सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ।

National life

गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्न बैठक बस्न लागेको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहे पनि त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षणका विषयमा पनि बैठकमा छलफल हुनेछ। जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव समीक्षालगायत एजेन्डा तय गरेको थियो। एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिका प्रमुख जितेको थियो।

एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट सचिवालयको बैठकमा पेस गरिने छ।

प्रकाशित: Jun 13, 2022| 06:42 सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...