काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टिमको लागि ‘स्ट्रेन्थ एन्ड कन्डिसनिङ’ प्रशिक्षकका रूपमा इन्डियाका राकेश कुमार काशीभाई गोहलीलाई अनुबन्ध गरेको छ। क्यानले आइतबार सूचना जारी गर्दै प्रशिक्षक नियुक्तिको जानकारी दिएको हो।
क्यानले जुलाई ४ स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोचका लागि दरखास्त आह्वान गरेको थियो। त्यसमा परेका ३८ दरखास्तबाट उसले प्रशिक्षकको टुंगो लगाएको हो।
राकेशले अस्ट्रेलियाबाट स्ट्रेन्थ एन्ड कन्डिसनिङ प्रशिक्षणको लेभल २ कोर्ष पूरा गरेका छन्। भारतको नेसनल क्रिकेट एकेडेमी र केही रन्जी ट्रफी टिममा रहेर काम गरेको अनुभव उनीसँग छ।