बिहीबार, असार ४, २०८३

नबिल बैंकमा पनि सार्वजनिक शौचालय

नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन्।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन्। काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा सम्झौता भएको छ। सम्झौताअनुसार नबिल बैंकले आफ्नो केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सार्वजनिकरुपमा प्रयोग गर्न दिनेछ।

National life

तीनधारा दरबारमार्गस्थित केन्द्रीय कार्यालय र १७ वटा शौचालय प्रयोग गरेबापत बैंकले कुनै शुल्क लिने छैन भने शौचालयको मर्मतसम्भार, सफाइ र पानीको प्रबन्ध बैंकले गर्नेछ। कामपाले यसअघिनै सहकार्यमा सञ्चालन गर्ने  शौचालय पहिचानको लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरिसकेको छ।

कामपा क्षेत्रभित्रका होटल, रेष्टुराँ, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई सम्पर्क राख्न आग्रह गरेको थियो।  कामपासँग सहकार्य भएको सङ्घसंस्थाको शौचालयमा प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले सबैमा एकै किसिमको सङ्केत चिन्न तयार गरेको कामपाले जानकारी दिएको छ।  

सङ्केत चिह्नमा लोगो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न रहेको छ। सङ्केत चिह्नको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।

नवनिर्वाचित महानगर प्रमुख बालेन्द्र साहको संयोजकत्वमा यही जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकको निर्णयअनुसार हाल कामपामा रहेका झण्डै ५८ सार्वजनिक शौचालयलाई मर्मतसम्भार गरी पुनः प्रयोग गर्ने र सहकार्यमार्फत तत्काल ६० शौचालय प्रयोगमा ल्याउन लागिएको कामपाको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिए। 

Shivam cement

प्रकाशित: Jun 12, 2022| 17:47 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।