बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशको ऋण तिर्न र एड्सका बिरामीको उपचार गर्न गाँजा व्यापार गरौं : एमाले सांसद

देशको ऋण तिर्न र एड्सका बिरामीको उपचार गर्न गाँजा व्यापार गरौं : एमाले सांसद

प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै पूर्वमन्त्रीसमेत रहेका सांसद तामाङले भने, 'नेपालमा क्यान्सरजस्तो प्राणघातक रोगले धेरै मान्छे मरिरहेका छन् र सम्पति सकिरहेका छन्। यसैगरी प्राणघातक रोग एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउने अधिकार नष्ट भइरहेको छ। एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा हो। यस रोगका बिरामीहरूलाई तत्काल यसको व्यवस्था गरिएन भने हजारौं बिरामीहरू मर्ने खतरामा छन्।'
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद शेरबहादुर तामाङले मुलुकको ऋण तिर्न र एचआईभी एड्का बिरामीको उपचार गर्न गाँजाको वैधानिकीकरण गर्दै व्यापार गर्नुपर्ने बताएका छन्। 

National life

उनले गाँजा बेचेर दुई वर्षभित्र राष्ट्रको सबै वैदेशिक ऋण तिर्न सकिने र एड्स रोगका बिरामीहरूको उपचार गर्न सकिने दाबी गरेका हुन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालयको लागि विनियोजित बजेटमा खर्च कटौतीको प्रस्ताव राख्दै पूर्वमन्त्रीसमेत रहेका सांसद तामाङले भने, 'नेपालमा क्यान्सरजस्तो प्राणघातक रोगले धेरै मान्छे मरिरहेका छन् र सम्पति सकिरहेका छन्। यसैगरी प्राणघातक रोग एचआईभी एड्सको कारण पनि मानिसको जिउन पाउने अधिकार नष्ट भइरहेको छ। एड्स रोगका बिरामीहरूको दीर्घ जीवनको औषधि नै गाँजा हो। यस रोगका बिरामीहरूलाई तत्काल यसको व्यवस्था गरिएन भने हजारौं बिरामीहरू मर्ने खतरामा छन्।'

नेपालमा गाँजाबाट बनेको औषधि नपाएर एड्स लागेका व्यक्तिहरू आमरण अनशन बस्‍न लागेको पनि तामाङको दाबी थियो। उनले भने, 'औषधि नपाएर मर्नुभन्दा वास्तवमा एड्स रोगका बिरामीहरू अब आमरण अनशन गरेर मर्न तयार भएर बसिरहेका छन्। त्यसैले, यो गाँजाबाट बन्‍ने सीभीडी, सीभीडीबाट बन्ने औषधि र यसबाट वास्तवमा हामी प्राणघातक रोगहरूको उपचार गर्न सक्छौं। यो विश्वले अहिले प्रमाणित गरेर अगाडि आइसकेको विषय हो।'

गाँजालाई औद्योगिक प्रयोजनका लागि पनि बहस हुनुपर्ने उनले बताए। 'गाँजाको औषधीय गुणलाई व्यवस्थापन गरौं। गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गरौं र गाँजाको अरु औद्योगिक प्रशोधन गरी व्यापार गर्ने र मुलुकको समृद्धिमा टेवा पुर्‍याउन विषयमा बहस गर्नुपर्‍यो।'

Shivam cement

मुलुकको वैदेशिक ऋण तिर्ने विषयमा उनले थपे, '२ सय लिटरका ४ ड्रम सीभीडी यदि निकाल्ने हो भने यो मुलुकको सम्पूर्ण पूर्वाधार त्यसैलाई बेचेर निर्माण गर्न सकिन्छ। त्यतिमात्रै होइन आज हामीलाई लागेको ऋण कमसेकम एक-दुई वर्षमा नै तिर्न सक्ने अवस्थामा पुग्छौं।' 

सांसद् तामाङले विगत लामो समयदेखि गाँजालाई वैधानिकता प्रदान गर्न व्यापार गर्नुपर्ने कुराको लबिङ गर्दै आइरहेका छन्। उनले आफू स्वास्थ्यमन्त्री हुँदा पनि गाँजाको वैधानिकताको विषयलाई पनि प्राथमिकतामा राखेका थिए। नेपालमा गाँजालाई लागुऔषधको वर्षमा राखेर बिक्रि वितरणमा रोक लगाइएको छ। 

प्रकाशित: Jun 12, 2022| 17:36 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।