सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जिसस धादिङ : २०७४ मा 'क्लिनस्विप' गरेको एमालेले दिएन उम्मेदवारी, ९ जना नै निर्विरोध

जिसस धादिङ : २०७४ मा 'क्लिनस्विप' गरेको एमालेले दिएन उम्मेदवारी, ९ जना नै निर्विरोध

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

धादिङ- जिल्ला समन्वय समिति धादिङको प्रमुखमा नेकपा माओवादी केन्द्रका नवराज अधिकारी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका कुलमान विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन्।

National life

जिससमा ७ जना सदस्य भने नेपाली कांग्रेसबाट निर्वाचित भएका छन्। निर्वाचित सदस्यमा सुकमाया सुनार, कविता विक परियार, विन्दा विक, उत्तम घले, रवीन्द्रजंग तामाङ, रामप्रसाद रिजाल, ईश्वर केसी छन्।

जिल्ला समन्वय समितिका लागि ९ जनाको मात्र उम्मेदवारी परेको थियो। सबै निर्विरोध निर्वाचित भएका हुन्। गठबन्धनले साझा र एमालेले उम्मेदवारी नदिएपछि सबै जना निर्विरोध भएका हुन्। सबैल शपथ समेत लिइसकेका छन्। 

जिल्लाको १३ वटा स्थानीय तहमध्ये नेकपा एमालेले २ वटा गाउँपालिका प्रमुख जितेका थिए। एउटा गाउँपालिकाबाहेक सबै स्थानीय तहमा चुनावी तालमेल थियो। 

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए। 

Shivam cement

प्रकाशित: Jun 12, 2022| 17:36 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...