शनिबार, जेठ ५, २०८१

आदिलको 'लेजेन्डरी बलिङ'ले अमेरिकासँग बराबरी

आदिल आलमले अन्तिम ओभरमा राम्रो खेलेको कारण बराबरी सम्भव भएको हो। त्यो अवस्थामा आदिल आलमले 'लेजेन्डरी' बलिङ गरे। र, क्रिकेटमा धेरै अन्सर्टेनिटी भइरहन्छ
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- आईसीसी विश्वकप लिग २ को दौरान नेपालले पहिलो पटक म्याच 'टाइ' गर्‍यो। अमेरिकामा आयोजित त्रिकोणात्मक शृंखलामा नेपालले पहिलो पटक आयोजक देशसँग बराबरी खेलेको हो। पहिले ब्याटिङ गरेको नेपालले दुई बल बाँकी रहँदै सबै विकेट गुमाएर २७४ रन बनाउँदै २७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर जवाफमा अमेरिकाले  पनि २७५ रन बनायो। 

triton college

अमेरिकासँगको टाइपछि नेपाली टिमका कप्तान सन्दिप लामिछानेले क्रिकेट धेरै अनसर्टेनिटीले भरिएको खेल भएको पनि बताएका छन्। उनले भने, ‘आदिल आलमले अन्तिम ओभरमा राम्रो खेलेको कारण बराबरी सम्भव भएको हो। त्यो अवस्थामा आदिल आलमले 'लेजेन्डरी' बलिङ गरे। र, क्रिकेटमा धेरै अन्सर्टेनिटी भइरहन्छ।’

त्यसो त नेपालले अमेरिकासँग गुमाउनै लागिसकेको खेल बराबरी गरेको थियो। अमेरिकालाई अन्तिम ओभरमा ६ रन मात्र आवश्यक थियो। त्यसमा आदिलले एउटा नो बल फ्याँके। त्यस्तै, अन्तिम दुई बलमा अमेरिकालाई एक रन मात्र चाहिएको थियो। यो अवस्थाको खेल भनेको अमेरिकाको पक्षमा हुनु नै हो।

तर, मोहम्मद आदिल आलमले त्यस्तो हुन दिएनन् र रोके। अन्तिम ओभरको पाँचौ बलमा उनले आरोज जोन्सलाई आउट गराए भने अन्तिम बलमा राउल जरिवाललाई आउट गराए।

त्यो समयमा कस्तो अनुभव भइरहेको थियो? जवाफमा आदिलले भने, ‘दुवै बल हाम्रो उत्कृष्ट फिल्डरको हातमा गएको थियो। जब बल हावामा थियो, मैले सोचिसकेको थिएँ कि अब केही हुनेवाला छ। परिणाम क्याचआउट भयो।’

corrent noodles
Metro Mart

पहिलो बल 'क्याचआउट' भए पनि दोस्रो पटकमा भने जरिवाल रनआउटको सिकार भए। उनको पहिलो बल रोहित पौडेल र दोस्रो करण केसीले क्याच गरेका थिए। करणले सिधै स्टम्पमा प्रहार गरेर नेपाललाई जित दिलाए।

‘अन्तिम ओभरको बलिङ गर्न दबाब पनि थियो। सन्दिप र रोहित दाईले धेरै सपोर्ट गरेपछि यो सम्भव भयो। जति सक्दो राम्रो गर्न कोसिस गरिरहेका थियौं,’ आदिलले भने। अन्तिममा उनले जम्मा ६ रनको डिफेन्स गर्नुपर्ने थियो। त्यतिबेला सन्दिपले आदिललाई बल थमाएका थिए। र, सन्दिपले भनेका पनि थिए कि ‘नर्भस हुनु जरुरी छैन। 'पोजेटिभ भाइभ्स' राखेर खेल्नुपर्छ।’

आदिल आलमले अन्तिम ओभरमा राम्रो खेलेको कारण बराबरी सम्भव भएको हो। त्यो अवस्थामा आदिल आलमले 'लेजेन्डरी' बलिङ गरे। र, क्रिकेटमा धेरै अन्सर्टेनिटी भइरहन्छ

यो उनको एकदिवसीय खेलको डेब्युसमेत थियो। उनी डेब्यु गर्ने ३२ औं नेपाली अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन्। उनले यसअघि टी-२० मा भने खेलिसकेका छन्। साथै नेपाली टिमसँगै रहेर केही अभ्यास खेलमा पनि अवसर पाएका छन्। त्यसले उनलाई फाइदा भएको छ।

उनले अन्तिम ओभरमा एकपटक नो बल प्रहार गरेका थिए। त्यो समयमा उनी नर्भस थिए। उनले भने, ‘नो बलपछि सन्दिप दाइले सम्झाउनु भयो। अनि राम्रो गर्न खोजियो र सफल भएँ।’ समग्रमा उनले तीन विकेट लिए। अन्तिमका दुई विकेट झर्नुअघि उनले गजानन्द सिंहलाई पनि आउट गराइसकेका थिए। ११४ रन बनाइसकेका स्टेभेन टेलरलाई पनि मोहम्मदले ४४ औं ओभरमा आउट गराएर नेपाललाई राहत दिएका थिए।

उनले एकदिवसीयमा पहिलो खेल भए पनि माथि (पाँच नम्बर)मा नै आएर ब्याटिङ गरेका थिए। यी सबै कुरालाई विचार गरेका सन्दिपले उनलाई खेलपछि 'लिजेन्डरी' खेलाडीको संज्ञा दिँदै प्रशंसा गरे। 

अमेरिकसँगको खेलपछि नेपाली खेलाडीहरु। तस्बिर : क्यानको फेसबुक

यद्यपि शनिबार रातिको खेलमा धेरै कुरा मिस भएको उनको ठम्याइ छ। उनी भन्छन्, ‘यो खेलको ब्याटिङ लाइन अनुसार हामीले ३४–३५ ओभर खेल्दासम्म पनि ३०० रन बनाउँछौ भन्‍ने लागिरहेको थियो। दुर्भाग्यवश विकेट गयो। यो यस्तो क्षेत्र हो, हामीले खेललाई कसरी फिनिस गर्ने भनेर सिक्नुपर्ने हुन्छ।’

फिल्डिङमा कस्तो रह्यो त? भन्ने प्रश्नको जवाफमा प्रशिक्षक पुबुदु दाशानायकले आफू असन्तुष्ट रहेको बताएका छन्। उनले भने, ‘म आजको फिल्डिङलाई लिएर एकदमै निराश छु। हामी सधैं यस विषयमा काम गरिरहेका हुन्छौं। तर पनि अझै सोचेअनुरुप सुधार हुन सकेको छैन। पिचको चारैतिर फिल्डरहरु उर्जा र  शक्तिका साथ बस्नुपर्ने हो। तर खेल जब दबाबपूर्ण हुन्छ, हाम्रा युवा खेलाडीहरु धेरै आत्तिने गर्छन्, र उनीहरुले अनावश्यक दबाब पनि लिन्छन्।’

यता सन्दिपले फिनिसिङमा चुक्नुबाट पनि आफ्नो टिमले सन्देश लिनुपर्ने पनि बताएका छन्। त्यस्तै, उनले दोस्रो कमजोरी पक्ष प्रशिक्षकले भनेजस्तै फिल्डिङ रहेका बताए। उनले भने, ‘दोस्रो कुरा खेलभरीको फिल्डिङ राम्रो हुने सकेन। त्यसप्रति हामी दु:खी पनि छौं। हामीले धेरै कुरामा ख्याल गर्नुपर्ने थियो।’

दुवै बल हाम्रो उत्कृष्ट फिल्डरको हातमा गएको थियो। जब बल हावामा थियो, मैले सोचिसकेको थिएँ कि अब केही हुनेवाला छ। परिणाम क्याचआउट भयो

उनले थपे, ‘पहिलो ओभर एक विकेट पनि यताउता भएको भए हामीले दोस्रो पारीमा समस्या भोग्‍नुपर्ने हुन्थ्यो। हामीले ब्याटिङवाइज धेरै गर्न बाँकी छ। अझै राम्रो गर्न सक्छौं।’

प्रशिक्षक  दाशानायकेले शनिबार रातिको जस्तो खेलले टिममा राम्रो मोमेन्टम ल्याउने बताएका छन्। उनले भने, ‘यो खेलबाट हामीले क्रिकेटका सबै पक्ष (बलिङ, ब्याटिङ र फिल्डिङ) मा एक्सपोज भएका छौं। यो एक चुनौती पनि हो। यो अर्को खेलका लागि टिम फिक्स गर्नु पनि हो।’

नेपाल र अमेरिकाको खेल बराबरी भएपछि खेलको समग्र विश्लेषण गर्दै प्रशिक्षकले यो एक अंकले अघि बढ्ने प्रेरणा दिने बताएका छन्। उनले भने, ‘यसले अर्को खेलका लागि प्रेरित गरेको छ। तर पाएको त्यो एक अंक पनि धेरै महत्वपूर्ण हो। जसले अघि बढ्नमा सहयोग गर्नेछ। यसरी नै अंक नगुमाई, जोड्न सक्यौं भने दश महिनासम्म तालिकाको राम्रो स्थानमा रहनेछौं।’

नेपालले यस खेलमा ब्याटिङमा तीन परिवर्तन गरेको थियो र तीनै जनाले सुरुवाती क्रममा राम्रो प्रदर्शन पनि गरे। तर नेपालले अन्तिम ओभरमा भने राम्रो प्रदर्शन गर्न सकेन। अन्तिममा ब्याट्समयानहरुले राम्रो खेल्न नसकेपछि हामीले सोचे अनुसारको रन बनाउन नसकेको प्रशिक्षक बताउँछन्। साथै नेपालले अन्तिम ओभरमा राम्रो खेल्न नसक्नुको कारण अमेरिकी बलरको प्रदर्शन हो।

त्यसो त नेपालले ३०० रन बनाउने लक्ष्य राखेको थियो। तर सकेन। प्रशिक्षक भन्छन्, ‘३०० रन भन्दामाथि बनाउने भनेको सकिएन। उनीहरुले पछिका ओभरमा राम्रो बलिङ गरे, जसले गर्दा हाम्रो खेलाडीले खेल्न सकेनन्।’

अन्तिममा बलिङ गर्ने अमेरिकी बलरहरु टी–ट्वन्टी क्रिकेटमा राम्रो अनुभव भएका खेलाडीहरु हुन्। त्यसैले पनि उनीहरुले नेपाललाई रोक्न सफल भए। शनिबार नेपालको लक्ष्य अन्तिम ५-६ ओभरको प्रत्येक ओभरमा कम्तिमा ८-१० रन बनाउने र अमेरिकाविरुद्ध ठूलो चुनौति पेश गर्ने थियो। तर, नेपाली खेलाडीले ठूला 'सट प्रहार' गर्नबाट डराए र धेरै डटबलहरु खेल्न पुगे। जुन नेपालको योजनामा नरहेको प्रशिक्षक बताउँछन्।

अमेरिकाविरुद्ध ब्याटिङ गर्दै देब। तस्बिर : क्यानको फेसबुकबाट।

फेरि पनि नेपालले शानदार सुरुवात गर्दै अन्तिमसम्म त्यसलाई निरन्तरता दिन नसक्दा ठूलो रनको लक्ष्य दिन चुक्‍यो। के-को कारणले गर्दा यस्तो भइरहेको छ त? जवाफमा पुबुदु भन्छन,‘टिममा युवा खेलाडीहरु छन्। उनीहरु औसतमा २३–२४ वर्षका छन्। यद्यपि उनीहरुले यसलाई ४०–५० रन सम्म बनाउन सिक्नुपर्छ। अमेरिकाले जुन किसिमले ब्याटिङमा सुधार गर्‍यो, स्टेभेन टायलरले शतक बनाए, त्यस्तै मोनाक पट्टेलले पनि शानदार अर्धशतक बनाए। त्यो एकदमै ठूलो कुरा हो। देब खनाललाई हेर्ने हो भने उनको ब्याटिङ खुलेको छ। उनले शतक बनाउन पनि राम्रो मौका पाएका थिए तर उनी थाकेका जस्तै देखिए। नेपाली टिमको भविष्यको राम्रो खेलाडी हुन्, देब। हाम्रा युवा खेलाडीहरुले धेरै राम्रो गरिरहेका छन् तर उनीहरुले अझै अर्को लेभलको सिक्न आवश्यक छ।’

अमेरिकी खेलाडीले दुई सय रनको साझेदारी गरेका थिए, जसले गर्दा उसलाई नेपालले दिएको लक्ष्यमा आइपुग्‍न मद्दत गर्‍यो। यसले नेपालको बलिङमा पनि समस्याको संकेत गरेको छ। तर प्रशिक्षक समस्या नरहेका र राम्रो गर्न सकिने ठाउँ रहेकोमा आशावादी छन्।

‘धेरै कुरा सुधार गरेर अझै राम्रो गर्न आवश्यक छ। टिम कप्तान सन्दिप लमिछानेमा पूरै भर परिरहेका छ। जसले गर्दा अन्य खेलाडीले राम्रो गर्न सकिरहेका छैनन्,’ उनले भने, ‘करण केसीले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरिरहेका छन्। उनी माथि कुनै पनि गुनासो छैन। हामीले यो प्रतियोगितामा धेरै राम्रो गर्नुपर्ने थियो। तर सकिरहेका छैनौं। अब बाँकी खेलमा हामी ब्याटिङ र बलिङमा सुधार गरेर लैजानेछौं।’ 

उनले सन्दिपको कप्तानीमा धेरै कुरा नयाँ भइरहेको र सिक्न बाँकी रहेको बताएका छन्। ‘सन्दिप कप्तानको जिम्मेवारीमा सिकिरहेका छन्। उनले आफ्नो जिम्मेवारी राम्रोसँग निभाइरहेका छन्। तर भर्खरै टी–ट्वान्टी खेलेर ५० ओभरको खेलमा आउँदा केही समस्या देखिएको हो।’

पुबुदुले अगाडि थपे, ‘सन्दिप सधै आक्रमक खेल्छन् र चाँडै नै खेलको स्थितिलाई पनि बुझ्‍न सक्छन्। सुरुवातमा केही कमजोरी भए पनि उनी राम्रो ट्र्याकमा हिँडिरहेका छन्। उनले टिमलाई राम्रोसँग सुधार्दै लगिरहेका छन्, उनी नेपाली टिमको बेस्ट च्वाइस् हुन्। र, उनले टिम र टिमको खेललाई अझै धेरै सुधार गर्ने छन्।’

नेपाली खेलाडीमा जितको भोक अझै बढ्दै जानुपर्ने प्रशिक्षक पुबुदुले बताएका छन्। ‘हामीले खेलको मुख्य समयमा राम्रो गर्नसकेका छैनौं, जुन हाम्रा लागि धेरै महत्वपूर्ण पाटो हो, म प्रशिक्षकको रुपमा धेरै नै निराश छु। हामीले यस्तो समयमा सम्हालिएर खेल्न सिक्नुपर्छ। यी कुरा सिक्न त्यति धेरै गाह्रो पनि छैन। तर मलाई लाग्छ खेलाडीहरुले धेरै कुराहरु सिकिरहेका छन्,’ उनले भने। अहिले पनि नेपालको टिममा चोट बोकेका केही खेलाडीहरु छन्। तर, अर्को खेलका लागि दुई दिनको समय बाँकी रहेको राम्रो प्रदर्शन गर्नेमा प्रशिक्षक विश्वस्त छन्। 

प्रकाशित: Jun 12, 2022| 16:10 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।