काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले केन्द्रीय कमिटी पुनर्गठन, उमेर र शैक्षिक हदवन्दीबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ।
पार्टी कार्यालय आलोकनगरमा आइतबार पार्टी अध्यक्ष माधवकुमार नेपाल, महासचि वेदुराम भूषाल, उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगाधर तुलाधर र विद्यार्थी ईन्चार्ज रामप्रसाद भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो।
अनेरास्ववियू केन्द्रीय स्थायी कमिटी सदस्य टिकाराम भण्डारीका अनुसार विशेषगरी ३२ वर्षे उमेर हदबन्दी र संगठनको पदाधिकारी रहन कम्तिमा स्नातक पूरा गर्नुपर्ने व्यवस्था मिलाउन पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराइएको हो।