शनिबार, मंसिर ६, २०८२

कुवेतसँग ४० वर्षको गोल खडेरी तोडे दर्शनले

नेपाली युवा फरवार्ड दर्शन गुरुङले ४० वर्षपछि कुवेतसँगको गोलको खडेरी तोडेका छन्। उनले एसिया कप छनोटअन्तर्गत आज तेस्रो चरणको खेलमा कुवेतविरुद्ध गोल गरेका हुन्।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– नेपाली युवा फरवार्ड दर्शन गुरुङले ४० वर्षपछि कुवेतसँगको गोलको खडेरी तोडेका छन्। उनले एसिया कप छनोटअन्तर्गत आज तेस्रो चरणको खेलमा कुवेतविरुद्ध गोल गरेका हुन्।  उनले एसिया कप छनोटअन्तर्गत आज तेस्रो चरणको खेलमा कुवेतविरुद्ध गोल गरेका हुन्।

National life

१९ वर्षे फरवार्डले खेलको इन्ज्युरी समयमा अर्का मिडफिल्डर सन्तोष तामाङले मैदानको बायाँ साइडबाट दिएको पासलाई पोस्टअघि नियन्त्रणमा लिएका थिए। त्यसपछि उनले गरेको प्रहारलाई कुवेतका डिफेन्डरले बचाएका थिए।

तर उक्त बल दर्शकतिरै फर्किएको थियो। पुनः दायाँ खुट्टाले प्रहार गर्दै दर्शनले बललाई जाली चुमाएका थिए। यो नेपालले कुवेतविरुद्ध गरेको दोस्रो गोलसमेत हो। यसअघि नेपालले सन् १९८२ मा भएको एसियन च्याम्पियनसिपमा गोल गरेको थियो। त्यतिबेला नेपालका लागि बाईबी घलेले गोल गरेका थिए। त्यसको ठिक ४० वर्ष पुगेको छ।

दर्शन इलाममा जन्मिएर हुर्किएका फुटबल खेलाडी हुन्। इलामको उत्तरी क्षेत्र जमुनामा जन्मिएका उनले स्थानीय फुटबल खेलेर हुर्किएका थिए। यस्तै प्रतियोगिता र छनोट खेल हुँदै दर्शन एन्फाको उमेर समूहको टिमसम्म आइपुगेका हुन्।

दर्शनले घरेलु फुटबलमा एनआरटी क्लबबाट खेल्ने गरेका छन्। एनआरटीबाट खेल्नुअघि उनले बी डिभिजन लिग खेलेका थिए। भगवती युवा क्लबबाट उनले बी डिभिजनको एकै सिजनमा नौ गोल गरे। त्यसपछि उनको चर्चा सुरु भएको हो।

Laxmi sunrise bank
kumari

त्यस्तै, सन् २०१९ मा सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा उनी उदीयमान खेलाडीको रुपमा सम्मानित पनि भएका थिए। त्यो सिजन उनले नेपालको शीर्ष डिभिजनको फुटबल लिगमा तीन गोल गरेका थिए। गएको वर्ष पनि उनले निकै उत्कृष्ट प्रदर्शन गरे। नेपाल सुपर लिगमा भने उनले धनगढीबाट खेलेका थिए।

धनगढीबाट उनले टाढाबाट गरेको गोलको खुब तारिफ भएका थियो। उनले डेढ वर्ष अघिमात्र नेपाली सिनियर टिमा डेब्यु गरेका हुन्। बंगलादेशसँगको खेलमा उनले नेपाली सिनियर टिमबाट डेब्यु गरेका थिए।

अहिले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टिमका ११ सिनियर खेलाडीलाई हटाएर नयाँ खेलाडी ल्याएका थिए। यससँगै दर्शनले पनि सिनियर टिममा अवसर पाएका हुन्।

शनिबार रातिको खेलमा पनि गौतम श्रेष्ठको ठाउँमा ३४ औं मिनेटमा मैदानमा पसेका दर्शनले इन्ज्युरी समयमा नेपालका लागि गोल गरेका हुन्। त्यतिबेला नेपाली टिम ४–० गोलले पछि परिसकेको थियो।

उनले नेपालले कुवेतविरुद्ध गरेको दोस्रो गोल हो। नेपालले कुवेतविरुद्ध गोल गर्नका लागि पनि ४० वर्षमा आठ खेल पर्खनु परेको छ। यसबीचमा नेपालले कुनै खेलमा जित निकालेको छैन। यी खेलका दौरान नेपालले ३५ गोलको सामना गरिसकेको छ।


प्रकाशित: Jun 12, 2022| 12:36 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।