शनिबार, जेठ ५, २०८१

फिनिसिङमा चमत्कार गर्न लेवान्डोस्की बार्सिलोना जालान्?

बार्सिलोनाले लेवान्डोस्कीलाई भित्र्याउन पहल गरिरहेको बताइरहेको छ। कप्तान लियोनल मेस्सीले क्लब छाडेपश्चात् बार्सिलोनामा गोलकर्ताको अभाव छ। मेस्सीले छोडेपछि बार्सिलोना उपाधिविहीन पनि त छ।
 |  आइतबार, जेठ २९, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

आइतबार, जेठ २९, २०७९

जर्मनीले चौथोपटक फिफा विश्वकप जितेको वर्ष फुटबल फरवार्ड रोवर्ट लेवान्डोस्कीले बायर्न म्युनिख रोजे। बायर्नले लेवान्डोस्कीलाई रोज्यो। जर्मनीको राष्ट्रिय टिमका खेलाडीले नै भरिने बायर्न क्लब सदावहार बलियो टिम हो। यो टिम हरेक वर्ष त्यहाँको शीर्ष डिभिजनको फुटबलमा उपाधिको प्रमुख दावेदार रहन्छ। त्यति मात्र होइन, युरोपेली च्याम्पियन्स लिगमा पनि बायर्न दावेदार रहन्छ। देशले विश्वकप जितेको साल त्यहाँको लिगविजेता टिम कमजोर रहने कुरै भएन।

triton college

त्यसै वर्ष लेवान्डोस्की ठूलो समाचार बन्दै बायर्न छिरेका थिए। स्टार खेलाडीमाझ आफूलाई सावित गर्नका लागि उनलाई त्यो निकै चुनौतीपूर्ण थियो। ती सबै चुनौतीलाई पाखा लगाउँदै उनले सबैथोक जिते। एक वर्ष त ट्रिबल पनि जिते।

वायर्नमा लेवान्डोस्कीको सबैभन्दा उत्कृष्ट, सफल र सानदार सिजन हो- २०१९/२०। त्यो उनको उत्कृष्ट सिजन भए पनि उनलाई भाग्यले साथ नदिएको वर्ष सावित भयो। जतिबेला उनले युरोपियन च्याम्पियन्स लिगसहित ट्रिबेल जिते।

च्याम्पियन्स  लिगमा १५ गोल गर्दा उनले बुन्डेसलिगामा ३४ गोल गरे। तर पनि उनले युरोपियन गोल्डेन बुट जित्नबाट चुके। इटालियन खेलाडी सिरो इमोबीले उनलाई पछि पार्दै बुट जितेका थिए। त्यति मात्र होइन प्रदर्शन र जितेका उपाधिलाई मूल्याङ्कन गर्दा उनी बालोन डी ओरका हकदार नै थिए। तर कोभिड १९ को महामारी उनका लगि बाधा बनिदियो। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण बालोन डीओर रद्द भयो। लेवान्डोस्कीले त्यति प्रतिष्ठित अवार्ड जित्न चुके।

फ्रेन्च मिडियाले दिने यो अवार्ड रद्द भएपछि उनले स्पोवीफाक्टीसँग कुरा गर्दै उनले बालोन डिओर जित्ने दाबी गरेका थिए। उनले भने, 'हामीले वायर्नबाट जित्न सक्ने सबै कुरा जित्यौं। च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कपमा म शीर्ष स्कोरर थिएँ। मलाई लाग्छ यो उपलब्धि हासिल गर्ने खेलाडीले बालोन डी'ओर जित्नेछ।'

corrent noodles
Metro Mart

घरेलु लिग, कप र च्याम्पियन्स लिग एकैपटक जित्नु भनेको ट्रिबल हो। यो निकै दुर्लभ अवसर हो। जुन लेवान्डोस्कीले बायर्नबाट जिते। तर अवस्था उही रहेन। अहिले उनी बायर्न छोड्न चाहन्छन्। उनले आफूलाई अर्को उचाइमा पुग्नका लागि भए पनि अब बायर्न छोड्न चाहन्छन्। कसै गरे उनी अब बायर्नमा नरहने बुझ्न गाह्रो पर्दैन।

'केही कुरा जुन म भित्र मरिरहेको छ, म त्यसलाई मेरो जीवनमा जगाउन बायर्न म्युनिख छाड्दैछु। सम्मान र वफादारी खेलभन्दा धेरै महत्तवपूर्ण कुरा हो। मेरो उद्देश्य जसरी पनि क्लब छाड्नु हो,' लेवान्डोस्कीले वान स्पोर्टसँग कुरा गर्दै भनेका छन्।

वायर्नबाट लेवान्डोस्कीले विगत दुई तीन वर्षयता युरोपमै सबैभन्दा धरै गोल पनि गरेका छन्। र, उनी वायर्नका सबैभन्दा महत्तवपूर्ण खेलाडी हुन्। यति हुँदा हुँदै पनि पछिल्लो केही समयबाट उनलाई नयाँ चुनौती चाहिएको छ। लेवान्डोस्की भन्छन्, 'वायर्न विश्वकै उत्कृष्ट क्लब हो। यो क्लबले मलाई सबैकुरा दिएको छ। तर यी सबैचिज हुँदा पनि म वायर्नसँग खुसी छैन। मभित्र एउटा भावना मरिरहेको छ, म त्यसलाई जगाउँदै थय उर्जाका लागि यो क्लब छाड्ने छु। मेरो लागि यो समय अर्को नयाँ चरणको सुरुवात गर्ने हो, मैले अझै अब केही वर्ष अर्को क्लबमा नयाँ चुनौती लिने मौका पाउने छु। म यो क्लबसँग नयाँ सम्झौता गर्दिन, यो पक्का छ।'

वायर्नमा लेवान्डोस्कीको सबैभन्दा उत्कृष्ट, सफल र सानदार सिजन हो- २०१९/२०। त्यो उनको उत्कृष्ट सिजन भए पनि उनलाई भाग्यले साथ नदिएको वर्ष सावित भयो। जतिबेला उनले युरोपियन च्याम्पियन्स लिगसहित ट्रिबेल जिते।

बायर्नका फुटबल डाइरेक्टर हुन् हसन सलामुदजिच। उनले चाहिँ लेवान्डोस्कीको क्लब छाड्ने निर्णयले अचम्ममा परेको बताएका छन्। उनले भनेका छन, 'म्युनिखमा आठ वर्षसम्म लेवान्डोस्कीले धेरै जिते। २०२० मा च्याम्पियन्स लिग ट्रफी जिते, बायर्नले सबै सम्भावित उपाधि जित्दा उनी पछिल्लो प्रत्येक बुन्डेसलिगामा शीर्ष स्कोरर छन्। तर लेवान्डोस्की विश्वास गर्छन् कि बायर्नले उनलाई अब जान दिनुपर्छ र अर्को वर्ष नि: शुल्क स्थानान्तरणमा छोड्नुको सट्टा शुल्क लिनुपर्छ। तर यसको उत्तम समाधान खोज्नुपर्ने समय आएको छ। एफसी बायर्न र म दुश्मन होइनौं।'

लेवान्डोस्कीले चाहिँ वायर्न म्युनिख छाड्ने लक्ष्य राख्दै गर्दा अर्को गन्तव्य बार्सिलोना हुने धेरैले अनुमान गरिरहेका छन्। लेवान्डोस्की पनि बार्सिलोनासँग अनुबन्धित हुन् चाहन्छन्। बाँकी कुनै पनि क्लबसँग कुरा नगरेका लेवान्डोस्कीले आफू बार्सा जान चाहेको बताउँदै आएका पनि छन्। त्यसो त उनलाई चेल्सी र म्यानचेस्टर युनाइटेडले पनि पर्खिरहेको छ। यता वायर्नले भर्खरै लिभरपुलका अफ्रिकन फरवार्ड साडियो मानेसँग तत्काल अनुबन्ध हुने बताइरहँदा वायर्नले लेवान्डोस्कीको स्थानमा मानेलाई लिने धेरैले आकलन गरिरहेका छन्।

बार्सिलोनाको मलम बन्लान् ?

बार्सिलोनाले लेवान्डोस्कीलाई भित्र्याउन पहल गरिरहेको बताइरहेको छ। कप्तान लियोनल मेस्सीले क्लब छाडेपश्चात् बार्सिलोनामा गोलकर्ताको अभाव छ। मेस्सीले छोडेपछि बार्सिलोना उपाधिविहीन पनि त छ। अनि फरवार्ड लाइनमा नेतृत्व गर्न सक्ने खेलाडीको पनि अभाव देखिन्छ। लेवान्डोस्कीले वायर्नमा गरेको प्रदर्शनलाई निरन्तरता दिने हो भने उनले बार्सामा मेस्सीको अभावलाई पुर्न सक्ने स्थिति पक्कै छ। उनलाई फइदा पनि छ। फाइदा यस अर्थमा कि बोरुसिया डर्टमन्डका सहकर्मी पिरेक इमिरेक औबामियाङ र उस्मान डेम्बे पनि बार्सिलोनामै छन्। यसकारण उनलाई खेल्न सहज हुने अनुमान गरिन्छ। बुन्डेसलिगामा औबामियङ र लेवान्डोस्की सँगै हुँदा दुवैजनाले एकएक पटक बरुसियाबाट लिगमा गोल्डेन बुट जितेका थिए।

बार्सिलोना तथा वायर्नका पूर्वप्रशिक्षक पेप ग्वार्डिओलाले लेवान्डोस्कीको योजनाबारे टिप्पणी गरेका छन्। उनले स्काइ स्पोर्टससँग भनेका छन्, 'लेवान्डोस्की कुनै क्लबमा पनि अनुकूल हुनसक्छन्। तर मलाई थाहा छैन कि बार्सिलोनाले उनीहरूको आर्थिक अवस्थाका कारण उसलाई अनुबन्ध गर्न सक्छ। लेवान्डोस्की एक उत्कृष्ट र मेहनती खेलाडी हुन्। उनलाई मैले नजिकबाट चिनेको छु, वायर्नमा तीन वर्ष रहँदा उनीसँग  निकै नजिकिएर काम गरेको छु। मलाई लाग्छ उनी बार्सिलोनाका लागि एकदमै फिट हुनेछन्।'

बार्सिलोनाबाट सन् २०१३ मा वायर्न म्युनिख गएका पेपको टिममा लेवान्डोस्की प्रमुख खेलाडीमध्ये एक थिए। वायर्नमा तीन वर्ष बिताएका पेपको  करियरमा लेवान्डोस्की शीर्ष गोलकर्ता रहे। त्यस्तै वुन्डेसलिगा अन्तर्गत सन २०१५ मा  बुल्सबर्गविरुद्धको खेलमा लेवान्डोस्कीले नौ मिनेटमा पाँच गोल गर्दै गिनिज बुकमा नाम दर्ता गराएको समयमा उक्त क्लबका प्रशिक्षक पेप ग्वार्डीओला नै थिए।

बार्सिलोनाले लेवान्डोस्कीलाई भित्र्याउन पहल गरिरहेको बताइरहेको छ। कप्तान लियोनल मेस्सीले क्लब छाडेपश्चात् बार्सिलोनामा गोलकर्ताको अभाव छ। मेस्सीले छोडेपछि बार्सिलोना उपाधिविहीन पनि त छ।

तर पेपले भनेर अहिले बार्सिलोनामा केहि हुनेवाला छैन। किनकी बार्सिलोनाका हर्ताकर्ता त जाभी हर्नान्डेज हुन्। बार्सिलोनाका प्रशिक्षक जाभी पनि लेवान्डोस्कीलाई जसरि भित्राउने लक्ष्यमा छन्। लेवान्डोस्कीको बारेमा इएसपिएनसँग कुरा गर्दै भने, 'हामीले लेवान्डोस्कीलाई आउने सिजन क्लबमा भित्राउने कार्य सुरु गरिसकेका छौं। उनी हाम्रो क्लको लागि एउटा विकल्प हुन्। उनले वायर्न छोड्न चाहन्छु भनेका छन्। त्यहाँ धेरै वार्ता भएका छन्, तर अझै पनि उनको क्लबसँग सम्झौता छ। त्यसैले बायर्नले उनलाई सहजै छाड्न दिने छैन, यो एक विकल्प हो।' 

बार्सिलोनाले लेवान्डोस्की भित्र्याउनका लागि केहि खेलाडीलाई विक्रीको सूचीमा पनि राखिसकेको छ।बार्सिलोनाले यो वर्ष च्याम्पियन्स लिगको समूह चरणसमेत पार गर्न सकेन। उसले युरोपा लिग खेल्यो। फेरान टोरेस, मेम्फिस डिपाए, अडामा टोरे, औबामियाङजस्ता खेलाडी अनुबन्ध गरे पनि उनीहरुबाट आशा अनुरुपको प्रदर्शन हुन सकेन। च्याम्पियन्स लिगमा अघिल्लो सिजन मेस्सीले गरेको सर्वाधिक पाँच गोलको रेकर्ड तोड्न सकेनन्।

त्यस्तै पुराना खेलाडी अन्सु फाति, मार्टिन ब्रेथवेट, लुक डिजोङ, उस्मान डेम्बेलेले पनि नयाँ प्रशिक्षक र खेलाडीको साथमा टिममा भिज्न नसकेको महशुस गरे। त्यसमा पनि डेम्बेले र फातिले चोटका कारण आधा सिजन नै गुमाए। मेम्फिस डिपाएले बार्सिलोनाका लागि गरेको १२ गोल नै यो सिजन क्लबको सर्वाधिक गोल बन्न पुग्यो। त्यस्तै औवामियङले ११ गोल गरे। यस बाहेक अन्य बार्सिलोनाका फर्वाडले १० गोल पनि पूरा गर्न सकेनन्। आधा सिजन खेलेका फाति र डेम्बेलेले समान ५-५ गोल गरेका छन्। यहि तथ्याङ्कबाट पनि स्पष्ट हुन्छ कि बार्सिलोनाको फिनिसिङ लाइनमा एक नायकको अभाव छ। उनीहरू कमजोर त छैनन् र लिडरको अभावले टिम एकाग्र हुन सकेको छैन।

डिफेन्सिभ लाइनमा बार्सिलोनाले सुधारको योजना अघि सारिरहेको छ। यदि उनीहरुले डफेन्सिभ लाइनलाई मजबुद बनाउने हो भने बार्सामा मिडफिल्डरको खासै अभाव छैन। कप्तान वुस्केट, युवा खेलाडी पेड्री, गाभि र डिजोङजस्ता मिडफिल्डर बार्सामा छन्। लेवान्डोस्कीलाई क्लबले भित्राइसकेपछि अट्याकमा ठूलो परिवर्तन हुनेछ। टोरेस, फाती र लेवान्डोस्की सम्मिलित टिममा डेम्बेले, डिपाए, औबामिङग टिममा हुनेछन्। बार्सिलोनाले यो सिजन ब्रेथवेट, लुक डीयोङ, अडामा टोरे जस्ता खेलाडीलाई बेच्ने सम्भनवा रहेको क्लबले बताएको छ।

यसरी खेलाडीलाई मूल्यांकन गर्ने हो भने लेवान्डोस्किले बार्सिनामा धेरै प्रभाव पार्ने सम्भावना छ। किनकी उनले पछिल्ला प्रत्येक सिजनमा ५० गोलको आकँडा पुरा गर्दै आइरहेका छन्। उनीजस्तो अवस्थामा पनि गोल गर्न सक्छन्। बार्सिलोनाका सबै फर्वाड र लेवान्डोस्की एक्लैको गोल संख्या तुलना गर्ने हो भने पनि लेवान्डोस्कीको गोल धेरै हुन् जान्छ। त्यसैले लेवान्डोस्की बार्सिलोना भित्रिएमा उनीबाट क्लबले धेरै आश राख्ने बाटोहरु छन्, जुन कुरालाई उनले पुरा गर्ने सामर्थ्य राख्दछन्।

लेवान्डोस्कीको सिनियर करियर

आफ्नै घरेलु लिग पोजानबाट खेल्दै आएका उनी सन् २०१० मा जर्मन क्लब बोरुसिया डर्टमन्ड भित्रिएका  थिए। चार वर्ष डर्टमन्डमा रहँदा २०१३/१४ बुन्डेसलिगाका गोल्डेन बुट विजेता बने। त्यस्तै उनको पालामा डर्टमन्डले सन् २०१३ को च्याम्पियन्स लिगको फाइनल सम्मको यात्राको तय गरेको थियो। तर फाइनलमा घरेलु प्रतिद्वन्दी वार्यनसँग नै पराजित भएर उपविजेतामै सीमीत भयो। डर्टमन्डमा रहँदाको उनको प्रदर्शनबाट धेरै प्रभावित भयो घरेलु प्रतिद्वन्दी वायर्न म्युनिख।

वार्यनले सन् २०१४ जुलाई ९ मा बोरुसिया डर्टमन्टबाट लेवान्डोस्कीलाइ वायर्न म्युनिखमा भित्रायो। उनी अहिले वार्यनको दोस्रो सर्वाधिक गोलकर्तासमेत भइसकेका छन्। बायर्न मा अनुबन्ध भएपछि आठ वर्षको अवधिमा छ पटक लिगको टप स्कोररको अवार्ड जिते लेवान्डोस्कीले। विगत दुई सिजन (२०२०/२१,२०२१/२२) मा त वार्यनबाट युरोपियन गोल्डेन बुट नै जिते। यो आठवर्षे अवधिमा उनले आठै पटक जर्मन शीर्ष डिभिजनको लिग बुन्डेसलिगा जित्न सफल भएका छन्।

डिफेन्सिभ लाइनमा बार्सिलोनाले सुधारको योजना अघि सारिरहेको छ। यदि उनीहरुले डफेन्सिभ लाइनलाई मजबुद बनाउने हो भने बार्सामा मिडफिल्डरको खासै अभाव छैन।

त्यसबाहेक तीन जर्मन कप, पाँच जर्मन सुपर कप, एक युइएफए सुपर कप र एकएक फिफा क्लब वर्ल्ड कप र च्याम्पियन्स लिगको उपाधिले शृंगारिएका खेलाडी हुन लेवान्डोस्की।

दुई युरोपियन गोल्डेन बुटसँगै दुई पटक फिफा मेन्स बेस्ट प्लेयरको अवार्ड पनि जितेका लेवान्डोस्की वायर्नमा अनुबन्ध भएपश्चात् शीर्ष गोलकर्ता भएको त तथ्यांकले नै देखाउँछ। समग्रमा वार्यनका गर्ड मुलर पछिको सबैभन्दा धेरै गोल गर्ने खेलाडीले वार्यनका लागि ३०० भन्दा धेरै गोल  गरे।

वार्यनले लेवान्डोस्की गुमाउनु भनेको एक खेलाडी गुमाउनु मात्र होइन। महत्त्वपूर्ण खेलमा ह्याट्रिक गुमाउनु पनि हो। लिगमा मात्र वार्षिक ३० भन्दा धेरै गोल गुमाउनु पनि त हो। त्यसैले उनी जर्मन फुटबलका लागि सँधै अब्बल पात्र हुन्।

-समाचार एजेन्सीहरुको सहयोगमा


प्रकाशित: Jun 12, 2022| 12:19 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।