मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रकाशमानले जितेको क्षेत्रमा पूर्वडीआईजी खरेलको उम्मेदवारी घोषणा

प्रकाशमानले जितेको क्षेत्रमा पूर्वडीआईजी खरेलको उम्मेदवारी घोषणा

नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं– नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। 

नेपाल सुशासन पार्टीले खरेललाई आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी रहने घोषणा गरेका हुन्। खरेल सुशासन पार्टीका अध्यक्षसमेत हुन्। 

नेपाली कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह २०७४ सालको संघीय निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए।

यसअघि सामाजिक अभियन्ता पुकार बमले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। सरकारले आगामी कात्तिक वा मंसिरमा चुनाव गराउने तयारी गरेको छ।

प्रकाशित: Jun 12, 2022| 11:55 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...