बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं महानगरपालिकाले १० वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने

काठमाडौं महानगरपालिकाले १० वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने

आइतबार बसेको महानगर कार्यपालिका समितिको बैठकमा मेयर बालेन शाहले सबैले प्रयोग गर्न सक्नेगरी स्मार्ट शौचालय बनाउने बताए छन्।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाले १० वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने भएको छ। आइतबार बसेको महानगर कार्यपालिका समितिको बैठकमा मेयर बालेन शाहले सबैले प्रयोग गर्न सक्नेगरी स्मार्ट शौचालय बनाउने बताए छन्। 

National life

महानगरले स्मार्ट शौचालयअन्तर्गत १० वटा शौचालयको लागि टेन्डर आह्वान गर्ने बताएका छन्। उनले अहिले सार्वजनिक शौचालय प्रयोग गर्न दिने सबै व्यवसायिक संस्था वा कम्पनीलाई कर छुट नदिने बताए।

शौचालय सर्वसाधारणका लागि प्रयोग गर्न दिन कसैलाई पनि महानगरले जवरजस्ती कर नगरिएको उनले प्रष्टाएका छन्।

उनले ४–४ महिनामा सरसफाइको सामाग्री उपलब्ध गराउने जानकारी दिए। उनले कार्यालयका सार्वजनिक शौचालय भने कार्यालय खुलेको बेला मात्रै खुल्ने बताए। महानगरले बनाएका सार्वजनिक शौचालय भने २४ सै घन्टा खुल्ने पनि उनले बताए।

प्रकाशित: Jun 12, 2022| 11:26 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।