काठमाडौं- काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालले सडकपेटीमा व्यापार गर्नेहरूबाट राजस्व उठाउनुपर्ने प्रस्ताव राखेका छन्।
आइतबार बसेको कार्यपालिका बैठकमा उनले फुटपाथ व्यापारीबाट राजस्व संकलन गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन्।
त्यस्तै खानेपानी तथा ढल व्यवस्थापनका लागि उनले सरकारसँग रकम माग्नुपर्ने उनको भनाइ छ। 'ढल व्यवस्थापनको काम महानगरले गर्ने तर, खर्च महानगरले किन नपाउने?,' उनले भने।
फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरलगायत अन्य स्थानीय तहले पनि उत्तिकै योगदान गर्नुपर्ने उनले बताए। रिजाललसँग हिजो मात्र मेयर बालेन्द्र शाहले लन्च मिटिङ गरेका थिए।