सोमबार, असार ८, २०८३

कम्युनिस्ट मिल्न नदिन गठबन्धन गरेका हौं : उपसभापति खड्का

नेपाली कांग्रेसले शनिबार कुश्मामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले कम्युनिस्टहरु मिल्न नदिनकै लागि माओबादी र एकीकृत समाजबादीसंग गठबन्धन गर्नुपरेको पनि खुलाए।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

पर्वत- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काले कम्युनिस्ट मिलेर चुनाव लड्ने हो भने कांग्रेसको हालत खराब हुने बताएका छन्। 

National life

नेपाली कांग्रेसले शनिबार कुश्मामा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले कम्युनिस्टहरु मिल्न नदिनकै लागि माओबादी र एकीकृत समाजबादीसंग गठबन्धन गर्नुपरेको पनि खुलाए। 

खड्काले गठबन्धनको मर्म सबै नेता कार्यकर्ताले बुझ्नुपर्ने बताए। 'हामी गठबन्धन गर्न चाहेर गरेका होइनौ, कम्युनिस्टहरु मिलेर चुनावमा ग एभने कांग्रेसको हालत के हुन्छ' खड्काले प्रश्न गर्दै भने, 'यो पाँच दलिय गठबन्धन कम्युनिस्टलाई मिल्न नदिनका लागि भएको हो।' गठबन्धन गरेकै कारण अहिले नेपाली कांग्रेस ०४९ सालपछि पहिलो पटक स्थानीय तहमा पहिलो पार्टी भएको पनि खड्काले दाबी गरे। 

उनले तत्कालिन प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया खल्बल्याउने, संविधान ध्वस्त पार्ने, प्रतिगमन निम्त्याउने गतिविधि गरेका कारण पनि पाँच दलिय गठबन्धन गर्न सघाउ पुगेको जिकिर गरे।

अहिलेको गठबन्धन संघ र प्रदेशको निर्वाचनमा पनि कायम रहने दाबी गर्दै नेपाली कांग्रेसका प्रभावशाली नेता खड्काले अहिले पनि शान्ति प्रक्रियाका बाँकी कार्यभार रहेको, संविधानलाई अझै मजबुत बनाउन आवश्यक रहेकोले पनि परिवर्तनकामी दलहरु एकठाउँमा हुनुपर्ने धारणा राखेका थिए। 

Shivam cement

खड्काले नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामा पछिल्लो समय अनुशासनहिन भावना बढेकोमा चिन्ता ब्यक्तगरेका थिए। उनले बिधिबिधानमा चल्न र अनुशासनमा बस्न सबैलाई आग्रह पनि गरेका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले पहिला भन्दा अहिले गठबन्धनकै कारण नेपाली काँग्रेसले धेरै पालिका जितेको बताए। उनले गठबन्धनको आवश्यकता र औचित्य नसकिएको भन्दै संघ र प्रदेशमा पनि गठबन्धन कायम हुनुपर्ने धारणा राखेका थिए। टिकट नपाउदासम्म दाबी गर्नु स्वभाविक भएपनि टिकट एक जनाले पाइसकेपछि पार्टीमा छौ भन्नेहरु सबैले सहयोग गर्नुपर्ने जोशीको भनाई रहेको थियो।

नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य सिता काफ्ले लामिछाने, पर्वतका निबर्तमान सभापति खिमप्रसाद भुसाल, पूर्वसभापति नवराज गुरुङ, पुर्वसांसद ऋषिकेश तिवारी, जिल्ला कार्यसमितिका उपसभापति डा.चुडामणी शर्मा, सहसचिव तिलक भुसाल, प्रदेशसभा क क्षेत्रीय सभापति राजकुमार क्षेत्री, प्रदेशसभा ख का क्षेत्रीय सचिव छविलाल तिवारी, पूर्वजिविस उपसभापति राम शर्मा पौडेल, कर्मचारी युनियन संघका निवर्तमान केन्द्रीय उपाध्यक्ष शिव शर्मा अधिकारी, जलजलाका सभापति इन्दुप्रकाश शर्मा, कुश्मा–८ का वडा अध्यक्ष सुरेन्द्र केसी, कुश्मा ७ का सभापति खेमनाथ शर्मालगायतले बोलेका थिए। कार्यक्रमको सञ्चालन जिल्ला सचिव गुप्तनिधि शर्माले गरेका थिए।

प्रकाशित: Jun 12, 2022| 09:28 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...