बिहीबार, साउन २१, २०८३

कैलालीमा हावाहुरीले केराखेतीमा क्षति

केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले केराखेतीमा नोक्सानी गरेपछि किसान पीडामा छन्।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

कैलाली- कैलालीमा शनिबार बेलुका आएको हावाहुरीले क्षति गरेको छ। हावाहुरीले रुख ढालेपछि टीकापुरमा दुई घरमा पूर्ण क्षति भएको छ। हावाहुरीका कारण टीकापुर-१ विशालनगरका भरत विकको तीनकोठे कच्ची घरमा रुख ढलेर क्षति भएको छ।

त्यस्तै टीकापुर–४ का भल्लुराम चौधरीको दुईकोठे कच्ची घर र भान्सामा रुख ढलेर क्षति भएको छ। हावाहुरीका कारण यहाँ सयौँ घरका छानामा भएका जस्तापाता उडाएका, विद्यालयका छाना उडाएका र  ठाउँ–ठाउँमा बिजुलीका पोल ढलेका छन्।

हावाहुरीकै कारण जिल्लामा केराखेतीका क्षति भएको छ। हावाहुरीका कारण टीकापुर क्षेत्रमा मात्रै सयौँ बिघा केराखेती नष्ट भएको किसानको गुनासो छ। टीकापुरका केरा किसान टेकेन्द्र धामीको १० बिघामा लगाएको केराखेती हावाहुरीले ढालेको छ। केरा उत्पादन हुने समय नजिकिँदै गर्दा हावाहुरीले केराखेतीमा नोक्सानी गरेपछि किसान पीडामा छन्। टीकापुर केराखेतीका लागि उर्वर भूमि मानिन्छ। यहाँ सयौँ बिघा जमिनमा खेती गरिएको छ।

यसका साथै हावाहुरीले तरकारी खेतीमा समेत नोक्सानी गरेको किसानको गुनासो छ। 'लहरे तरकारी बाली सबै ढालेको छ। लटरम्म फलेका बोडी, फर्सी, काक्रा, लौका, करेलाजस्ता तरकारीमा नोक्सान भएको छ', किसान झपिन्द्र चौधरीले भने, 'तरकारी बारी पूरै हावाहुरीका कारण धुलाम्मे भएको छ। माटो र बालुवा आएर बारीमा भरिएको छ।'

हावाहुरीका कारण क्षति भएका विवरण आइरहेकाले क्षतिको विवरण सङ्कलन गरी नगरपालिकाले पीडामा रहेका किसानलाई राहतका कार्यक्रम ल्याउने टीकापुर  नगरउपप्रमुख खड्कबहादुर शाहले बताए। 'जताततैबाट क्षति भएको विवरण आउन थालेका छन्', उनले भने, 'आज कार्यपालिका बैठक र विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका कार्यक्रम ल्याउँछौँ।'

हावाहुरीसँगै वर्षा भएपछि भने यहाँ शीतलता महसुस भएको छ। अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएका नागरिकले वर्षा भएपछि केही शीतलता महसुस गरेका छन्।     -रासस


प्रकाशित: Jun 12, 2022| 09:01 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।