बिहीबार, असार ४, २०८३

घरको पाँचौं तलाबाट खसेर एक जनाको मृत्यु

शनिबार दिउँसो पौने १ बजे नागार्जुन नगरपालिका-४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
 |  आइतबार, जेठ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २९, २०७९

काठमाडौं- काठमाडौंको सितापाइलामा घरको पाँचौं तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।

National life

शनिबार दिउँसो पौने १ बजे नागार्जुन नगरपालिका-४ सितापाइला बस्ने ३७ वर्षीय जितेन्द्र श्रेष्ठको घरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनी आफ्नै घरको पाँचौं तलाबाट खसेको प्रहरी उपरीक्षक मैनालीले बताए। ट्यांकीमा पानी भर्न जानेक्रममा चिप्लेर खस्दा उनी घाइते भएका थिए।

घाइते भएका उनलाई तत्कालै सितापाइलास्थित शुभेक्षा अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले पौने १ बजे नै मृत घोषणा गरेको प्रहरी परिसरले जनाएको छ।

प्रकाशित: Jun 12, 2022| 07:56 आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।