सोमबार, असार ८, २०८३

स्वतन्त्र उम्मेदवारी अभियानको भेलामा दल दर्ताबारे छलफल

स्वतन्त्र उम्मेदवारी अभियानले रुपन्देहीको बुटवलमा भेला तथा सुझाव संकलन कार्यक्रम गरेको छ।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं– स्वतन्त्र उम्मेदवारी अभियानले रुपन्देहीको बुटवलमा भेला तथा सुझाव संकलन कार्यक्रम गरेको छ। कार्यक्रममा आशन्न संघ र प्रदेश संसद्को चुनावमा स्वतन्त्र रुपमै जाने कि संगठित भई दल बनाएर जाने भन्नेबारे छलफल भएको बताइएको छ।

National life

स्वतन्त्र उम्मेदवारी अभियानका संयोजक डम्बर साहुले आफूहरुको अभियानमा देशभरबाट करिब ८ हजार जना जोडिएको बताएका छन्। स्थानीय तहको चुनाव दलरहित हुनुपर्छ भन्नेमा आफूहरु प्रष्ट भएको तर केन्द्र र प्रदेशको चुनावमा कसरी जाने भन्नेबारे सबैको रायसुझाव लिइरहेको उनले जानकारी दिए। 

आगामी असार १७ र १८ गते हुने राष्ट्रिय भेलाबाट पार्टी बनाएरै अघि बढ्ने कि स्वतन्त्र रुपमा जाने भन्ने कुरा तय हुने साहुले बताए। सोही भेलाका लागि विभिन्न जिल्लामा पुगेर सुझाव लिने काम भइरहेको अभियानले बताएको छ। दल नखोल्ने भए अभियानलाई कसरी अघि बढाउने र कस्ता उम्मेदवारलाई समर्थन गर्ने भन्नेबारे पनि केही मापदण्ड तय गरिने बताइएको छ।

भेलामा स्वतन्त्र राजनीतिक युवा समूहका सुशील नेपालले अभियानलाई संगठित गर्नुपर्ने र त्यसका लागि काठमाडौँका मेयर बालेन शाह र धरानका मेयर हर्क साम्पाङलाई एउटै मञ्चमा राखेर स्वतन्त्र राजनीतिक अभियानलाई बलियो बनाउनुपर्ने धारणा राखेका थिए। भेलाले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार बन्न खोज्नेहरुको सहजीकरण गर्ने तथा धेरै स्वतन्त्र उम्मेदवार देखिए मिलाउन प्रयास गर्ने निर्णय गरेको छ। 

प्रकाशित: Jun 11, 2022| 21:20 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...