सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनताको सेवामा समर्पित हुन जनप्रतिनिधिलाई ऊर्जामन्त्री भुसालको आग्रह

जनताको सेवामा समर्पित हुन जनप्रतिनिधिलाई ऊर्जामन्त्री भुसालको आग्रह

आफ्नो कला, संस्कृति र पहिचानलाई संरक्षणलाई विशेष ध्यान दिएर मात्र आधुनिक विकासमा अगाडि बढ्न उनले सुझाव दिइन्।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

ललितपुर- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्थानीय पहिचान संरक्षण र सम्वर्द्धन गर्दै जनताको सेवामा लाग्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गरेकी छन्। 

National life

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ६ बाट नवनिर्वाचित स्थानीय जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिन शनिबार आयोजित कार्यक्रममा उनले  भनिन्, 'जनप्रतिनिधि शासक होइनन्, सेवक हुन्, जनताको आधारभूत आवश्यकता पूरा गर्न कर्तव्यनिष्ट हुनुहोला।'

आफ्नो कला, संस्कृति र पहिचानलाई संरक्षणलाई विशेष ध्यान दिएर मात्र आधुनिक विकासमा अगाडि बढ्न उनले सुझाव दिइन्। 

मन्त्री भुसालले भनिन्, 'परम्परागत पहिचानलाई सम्वर्द्धन गरेर विकासका गतिविधि अगाडि बढाउनुपर्छ।' उनले महालक्ष्मी नगरको आर्थिक विकासको आर्थिक विकासको आधार पर्यटन भएकाले त्यसका लागि वडादेखि नगरसम्म उपयुक्त कार्यक्रम बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। 

स्वास्थ्य, शिक्षाजस्ता आधारभूत विषयलाई जनप्रतिनिधिले ध्यान दिनुपर्ने बताउँदै मन्त्री भुसालले भनिन्, 'सार्वजनिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउनुपर्छ, सुलभ स्वास्थ्य उपलब्ध गराउनुपर्छ। आफ्नो कार्यकाललाई जनता सेवा गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्छ।'

Shivam cement

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले स्थानीय जनप्रनिधिले जनताका आवश्यकतालाई पूर्ति गर्दै विकासका कार्यक्रम अगाडि बढाउन सल्लाह दिइन्। 

उनले आफूले मन्त्रालय सम्हालेपछि भूमिका विषयमा रहीआएका समस्या सम्बोधन गरेको उल्लेख गरिन्। '३०० स्थानीय तहका जनतालाई जग्गाधनी पूर्जा वितरण गर्ने योजना बनाएको छु,' उनले भनिन्। 

जनता समाजवादी पार्टीका नेता नवराज सुवेदीले नवनिर्वाचित सदस्यले जनताको आवश्यकतालाई पहिचान गरेर आफ्ना कार्यक्रम कार्यान्वयन गर्नुपर्ने बताए।

नवनिर्वाचित वडाध्यक्ष धर्म महर्जनले आफूलाई जनताले अमूल्य मत दिएर निर्वाचित गराएकोप्रति धन्यवाद व्यक्त गरे। उनले जनताका आवश्यकतालाई पूरा गर्न आफू निरन्तर लाग्ने विश्वास दिलाए।


प्रकाशित: Jun 11, 2022| 17:00 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...