मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पहिलो बैठकमै चर्काचर्की गरेका वडाध्यक्ष रिजालको घरमा बालेनको लन्च

पहिलो बैठकमै चर्काचर्की गरेका वडाध्यक्ष रिजालको घरमा बालेनको लन्च

पहिलो कार्यपालिका बैठकमा नै सवाल जवाफ भएपछि मेयर समर्थहरूबाट आलोचना खेपेका अध्यक्ष रिजालको घरमा बालेन पुगेका हुन्।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र 'भाइरल' वडाध्यक्षका रुपमा चर्चामा रहेका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालबीच भेटवार्ता भएको छ।

पहिलो कार्यपालिका बैठकमा नै सवाल जवाफ भएपछि मेयर समर्थहरूबाट आलोचना खेपेका अध्यक्ष रिजालको घरमा मेयर बालेन पुगेका हुन्।

महानगरको कामलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ। रिजाल निवास बालाजु पुगेका शाहले त्यहाँ वडाध्यक्ष रिजालसँगै लन्च गर्दै करिब दुई घण्टा बिताएको बताइएको छ।

यसअघघि काठमाडौं महानगरले फोहोर उठाउन नसकेको भन्दै चर्को आलोचना भइरहेको समयमा वडाध्यक्ष रिजालले भने फोहोर व्यवस्थापनको काम थालेका थिए। उनले आफ्नो वडाको फोहोर उठाएर पुलमुनि खाडल खनेर पुरेका थिए। 

उनले त्यस कदमको केही प्रशंसा भए पनि धेरै आलोचना भएको थियो। 

प्रकाशित: Jun 11, 2022| 15:17 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...