सोमबार, असार ८, २०८३

आठ महिनाभित्रै एकीकृत समाजवादी राष्ट्रव्यापी बन्ने खनालको दाबी

नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताए।
 |  शनिबार, जेठ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २८, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई गठबन्धनले ठीक ढंगले मूल्याङ्कन र सम्मान गर्न नसकेको बताए।

National life

स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर वडा नम्वर १५ का समाजवादी उमेदवारलाई विजयी गराउन सहयोग गर्ने स्थानीयबासीलाई आभार व्यक्त गर्न शनिबार उक्त क्षेत्र पुगेका खनालले निर्वाचनमा गठबन्धनले ठीक ढंगले मूल्यांकन र सम्मान गर्न नसकेकाले पार्टीलाई धेरै फाइदा नभएको बताए। 

उनले एक्लै निर्वाचन लडेका स्थानमा पार्टीले राम्रो विजयी हासिल गरेको दाबी गरे। १५ वडामा पनि तालमेल गर्दा सवै पद गुमाउनुपर्ने भएकाले नै एक्लै चुनाव लड्ने निर्णय गरेको र सफलता प्राप्त भएको उनको भनाइ दाबी छ।

बिद्रोहबाट गठन गरेको पार्टी आठ महिनाभित्रै राष्ट्रव्यापी बन्न सफल भएको भन्दै आगामी दिनमा जनतालाई भरोषा दिलाएर संगठनलाई विस्तार र व्यापक बनाउँदै लैजानुपर्ने बताए। काठमाडौंको मेयरमा स्वतन्त्र उमेदवार (बालेन शाह) विजयी भएकाले सवैले सहयोग गर्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित: Jun 11, 2022| 13:07 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...