मंगलबार, वैशाख ८, २०८३

'पिक'मा पुगेको सिसडोल [तस्बिरहरु]

ल्यान्डफिल साइटको स्थलगत अध्ययन गर्न पुगेका वैज्ञानिकहरुले त्यहाँ फेहोर फाल्ने ठाउँ बाकी नरहेको बताएका छन्।
 |  शनिबार, जेठ २८, २०७९

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, जेठ २८, २०७९

नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइटको स्थलगत अध्ययन गरेका पुगेका विज्ञहरूले उक्त साइट बन्द गर्न थप ढिलाइ गर्न नहुने सुझाव दिएका छन्।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को टोलीमा संलग्न वैज्ञानिकहरूले त्यहाँ फोहोर फाल्ने ठाउँ अब बाँकी नरहेको बताएका हुन्।

National life

ल्यान्डफिल साइटको स्थलगत अध्ययन गर्न पुगेका वैज्ञानिकहरुले त्यहाँ फेहोर फाल्ने ठाउँ बाकी नरहेको बताएका छन्। त्यस ठाउँमा फोहारमेला रसाएर निस्कने तरल पदार्थ अर्थात लिचेट संकलन गर्ने पोखरीहरु पुरिएका छन्, जसका कारण त्यो लिचेट सिधै बगेर खोलामा मिसिने गरेको छ।

सिसडोलको ल्याण्डफिल साइट छेउछाउका बासिन्दाले त्याँ बस्नै नसक्ने अवस्था आएको बताएका छन्। टाढासम्म दुर्गन्ध फैलिने तथा पानीका स्रोत दूषित हुँदा मानव स्वास्थ्यमा गम्भीर असर परेको अध्ययनले देखाएको छ।

कुहिने फोहोरबाट प्रचुर मात्रामा मिथेन ग्यास निस्कन्छ, जुन विस्फोट हुन सक्छ। विगतमा मूलपानी ल्याण्डफिल साइटमा आगो बलेका उदाहरण पनि रहेको विज्ञहरु बताउँछन्।

kumari



 



 




प्रकाशित: Jun 11, 2022| 11:20 शनिबार, जेठ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।