शनिबार, मंसिर ६, २०८२

एनएसजेएफ फुटसल फेस्टिभलको उपाधि टिम क्यानडालाई

नेपाल खेलकुद पत्रकार मञ्‍च (एनएसजेफ)ले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको एनएसएजएफ फुटसल फेस्टिभलको उपाधि टिम क्यानडा (सन्तोष)ले जितेको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्‍च (एनएसजेफ)ले अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा आयोजना गरेको एनएसएजएफ फुटसल फेस्टिभलको उपाधि टिम क्यानडा (सन्तोष)ले जितेको छ।

National life

च्यासलस्थित नेसनल स्पोर्ट्स सेन्टरमा शुक्रबार भएको प्रतियोगिताको फाइनलमा टिम अमेरिका (आदर्श) लाई पेनाल्टीमा सुटआउटमा २-१ ले हराउँदै टिम क्यानडा च्याम्पियन बनेको हो।

निर्धारित र थप गरिएको समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा टिम क्यानडाका अभिनव जोशी र बासु अवालले गोल गरे। तर, मुना कार्कीले पेनाल्टीमा गोल गर्न सकिनन्।

टिम अमेरिकाका निशान राईले पेनाल्टीमा गोल गर्दा दिल तामाङ र गीता राईले गोल गर्न सकेनन्। पेनाल्टी अघि टिम क्यानडाका अभिनव जोशीले दुई र बासु अवालले एक गोल गरे। यस्तै टिम अमेरिकाका दिल तामाङले दुई गोल गर्दा सुजन श्रेष्ठले एक गोल गरे।

चार टोली सहभागी प्रतियोगितामा टिम अमेरिका सबै तीन खेल जित्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो। टिम क्यानडा भने समूहमा उपविजेता बन्दै फाइनल पुगेको थियो।

Laxmi sunrise bank
kumari

एकदिने प्रतियोगिताको लिग चरणमा बाँकी दुई टिम मलेसिया र अष्ट्रेलिया भने आउट भएका थिए। मलेसियाले एक जित निकाल्दा अष्ट्रेलियाले कुनै पनि खेलमा जित निकाल्न सकेन।

प्रतियोगितामा पुरुषतर्फ टिम क्यानडाका अभिनव जोशी र महिलातर्फ गीता राई उत्कृष्ट खेलाडी चुनिए। यस्तै प्रतियोगितामा उत्कृष्ट गोलकिपर टिम अमेरिकाका संजय थापा, इमर्जिङ प्लेयर टिम मलेसियाका आशिष पुडासैनी, उत्कृष्ट म्यानेजर टिम क्यानाडाका दिपेश तिमल्सिना, गोल अफ द मोमेन्ट अवार्ड टिम अमेरिकाका निरन्जन राजवंशी, मोमेन्ट अफ द डे अवार्ड टिम क्यानडाका भरत बोम्जन, अट्रायक्टिभ प्लेयर अवार्ड टिम अमेरिकाका निशान राई र फ्यान अफ द डे अवार्ड पूजा शाक्य र सुमन सिवाकोटीले प्राप्त गरे।

प्रतियोगिताका विजेता खेलाडीलाई मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, ओलम्पिक कमिसनका अध्यक्ष बिष्णु गोपाल श्रेष्ठ, सुन्दर थापा, राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्य, अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रतियोगिता तथा लिग निर्देशक सन्जिब मिश्र लगायतले पुरस्कृत गरे।

कार्यक्रमको उद्घाटनमा बोल्दै मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले मञ्चमा आबद्द सदस्य र विदेशमा रहेका मञ्चका पूर्व सदस्यबीच आपसी भाईचाराका लागि फेस्टिभल आयोजना गरिएको जानकारी गराए।


प्रकाशित: Jun 10, 2022| 19:15 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।