मंगलबार, साउन २६, २०८३

अमेरिकी सेनाका कमान्डिङ जनरल फ्लिनले भेटे प्रधानमन्त्री

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- चारदिने नेपाल भ्रमणमा आएका अमेरिकी सेनाका एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्स ए फ्लिन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच शिष्टाचार भेट भएको हो। 

भेटमा मानवीय सहायता र विपद् व्यवस्थापनलगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ। फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए।

फ्लिनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन्। भेटका लागि फ्लिन राष्ट्रपति निवास शितल निवास पुगेका थिए। 

प्रकाशित: Jun 10, 2022| 16:02 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...