सोमबार, असार ८, २०८३

'एक चीन नीति'प्रति आशंका पैदा भएको छ : गिरिराजमणि पोखरेल

एक चीन नीतिप्रति दुई घटनाले शंका गर्ने ठाउँ पैदा भएको उनको भनाइ छ। अमेरिकी उपसहायकमन्त्री उज्रा जियाको शरणार्थी शिविरको भ्रमण र लोकतन्त्र सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुले शंका उब्जाएको उनको भनाइ छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले नेपालको एक चीन नीतिप्रति आशंका पैदा भएको बताएका छन्। प्रतिनिधि सभा बैठकको छलफलमा सहभागी हुँदै उनले एक चीन नीतिका विषयमा नेपालको धारणा प्रष्ट पार्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेका हुन्। बैठकमा परराष्ट्रमन्त्री डा नारायण खड्का सहभागी छन्। 

National life

एक चीन नीतिप्रति दुई घटनाले शंका गर्ने ठाउँ पैदा भएको उनको भनाइ छ। अमेरिकी उपसहायकमन्त्री उज्रा जियाको शरणार्थी शिविरको भ्रमण र लोकतन्त्र सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनुले शंका उब्जाएको उनको भनाइ छ। 

'अमेरिकी उपसहायकमन्त्री उज्रा जियााले नेपाल भ्रमण गरेकी थिइन्। उनले काठमाडौंमा रहेका तिब्बती शरणार्थीलाई भेट गरी उनीहरुलाई उक्साएको चिनियाँ सञ्चार माध्यममा आएको छ। सुरक्षा स्कर्टिङसहित उनी त्यहाँ पुगेकी थिइन्। यसले सरकारलाई जानकारी छैन भन्ने कुरा विश्वास गर्न सकिँदै,' पूर्वमन्त्रीसमेत रहेका पोखरेलले भने। 

पोखरेलले प्रधानमन्त्री देउवा नै ताइवान सहभागी सम्मेलनमा सहभागी भएको मन्तव्य दिएको भन्दै त्यसबारे प्रष्ट पार्न मन्त्री खड्कासँग आग्रह गरे। 'अमेरिकाले आयोजना गरेको लोकतन्त्र सम्मेलनमा देउवाले अनलाइनबाट भाग लिनुभएको थिए। सम्मेलनमा ताईवानलाई सहभागी गराइएको थियो। नेपालले ताइवानलाई मान्यता दिएको छैन। एक चीन नीति लिएको नेपालले ताइवान सहभागी सम्मेलनमा प्रधानमन्त्रीले भाग लिनु विरोधाभासपूर्ण छ। नेपाल एक चीन नीतिबाट पछि हटेको त होइन भन्ने प्रश्न उठेको छ। यस विषयमा सरकारले धारणा प्रष्ट पारोस्,' पोखरेलले भने। 

उनले नेपाल र भारतका प्रबुद्ध व्यक्तिले तयार पारेको 'ईपीजी प्रतिवेदन' नबुझाइएको विषयमा समेत सरकारको धारणा माग गरेका थिए। 'नेपाल-भारत सम्बन्धका विविध आयाम समेटिएको प्रतिवेदन ईपीजीका विषयमा नेपाल सकारको दृष्टिकोण सार्वजनिक होस्,' उनले थपे, 'सन् १९५० को नेपाल-भारत सन्धि पुनरवलोकन गर्ने विषयमा सरकारको धारणा के छ? प्रष्ट पारियोस्। कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्र भारतले हस्तक्षेप गरेको छ। अन्य क्षेत्रमा पनि अतिक्रमण भएको छ। यसबारे सरकारले के गरिरहेको छ? त्यसबारे सरकारले प्रष्ट पारोस्।'

Shivam cement

प्रकाशित: Jun 10, 2022| 15:29 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...