मंगलबार, साउन २६, २०८३

निष्पक्ष छानबिन समिति माग गर्दै नेविसंघले खोल्यो त्रिविको ताला

नेपाली कांग्रेस समर्थित नेपाल विद्याथी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्दै आन्दोलनका कार्यकम स्थगित गरेको छ।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं– नेपाली कांग्रेस समर्थित नेपाल विद्याथी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाएको ताला खोल्दै आन्दोलनका कार्यकम स्थगित गरेको छ।

१५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न माग गर्दै नेविसंघले तत्कालका लागि आन्दोलनका कार्यकम स्थगित  गरेको हो। 

शुक्रबार विज्ञप्ति जारी गर्दै नेविसंघले त्रिविभित्रको भ्रष्टाचार, बेथिति र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृङ्खलाबद्ध प्रणालीगत प्रहारका बारेमा छानबिन समितिको माग गर्दै तत्कालका लागि तालाबन्दीसहितको आन्दोलन स्थगित गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी र प्राध्यापकका जायज मागको बेवास्ता गर्दै बन्द कोठाभित्र बसेर दैनिक प्रशासन चलाएका पदाधिकारीले जवाफ दिनुपर्ने बेला आएको छ। तालाबन्दी भएपछि कुनकुन निर्णय केको आधारमा कहाँ बसेर गरियो? अदालत र राष्ट्रिय मानव अधिकार आयोगले समेत संवाद र वार्ताबाट समस्या समाधानको बाटो रोज्न गरेको आग्रहलाई लत्याएर अमूक विद्यार्थी संगठनलाई उचाल्न खोजेको हो भने त्यो दुर्भाग्यपूर्ण छ र पदाधिकारीहरुले पदमा बसिरहने नैतिक हैसियत गुमाइसकेको देखिन्छ।’

लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा जारी रहेको प्राध्यापक तथा विद्यार्थीको आन्दोलनमा त्रिवि सुधारको माग राख्दै नेविसंघले त्रिविको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो।

प्रकाशित: Jun 10, 2022| 12:43 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...