मंगलबार, साउन २६, २०८३

सत्ता गठबन्धनकी नेतृ पौडेलको ठहर– गृह मन्त्रालय असफल भयो

सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले गृह मन्त्रालय असफल भएको भन्दै आक्रोश व्यक्त गरेकी छन्।
 |  शुक्रबार, जेठ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २७, २०७९

काठमाडौं– सत्ता साझेदार दल राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले गृह मन्त्रालय असफल भएको भन्दै आक्रोश व्यक्त गरेकी छन्। शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले जनताको जीवनको सुरक्षाका लागि लिएको जिम्मेवारी पूरा गर्न मन्त्रालय असफल भएको बताइन्। 

उनले देशमा बलात्कार, हत्या, लुटपाटको समस्या चर्कँदै गए पनि मन्त्रालय नियन्त्रणमा चुकेको बताइन्। ‘प्रविधिको युगमा प्रविधिलाई प्रयोग गरेर अपराधमा अनुसन्धान छिटोछरितो हुन सकेको छैन। पीडितले न्याय पाउनेगरी काम भएको छैन,’ उनले भनिन्, ‘चोरी तस्करी रोक्न पनि गृह मन्त्रालय पूरै असफल देखिन्छ। सुरक्षा जिम्मा लिएका व्यक्तिहरू नै आपराधिक गतिविधिमा लागेको देखिन्छ।’ 

उनले बजेट पनि सन्तुलित प्रक्रियामा विनियोजन हुन नसक्दा आपराधिक घटनामा अनुसन्धान हुन नसकेको बताइन्।

प्रकाशित: Jun 10, 2022| 12:32 शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...