काठमाडौं- नेकपा एमालेका सांसद रामवीर मानन्धरले काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठनको माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै मानन्धरले आफ्नो नेतृत्वमा संसदीय समिति बनाउन माग गरेका हुन्। काठमाडौंको फोहोर व्यवस्था गर्ने क्षमता नभएका कारण अहिले सडकमै रहेको उनको टिप्पणी थियो।
उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि संसदीय समिति गठन गरेर समस्याको समाधान खोज्नुपर्ने बताए। आफू महानगरको प्रमुख पदका लागि उम्मेदबारको आकांक्षी भए पनि टिकट प्राप्त नभएको भन्दै उनले काठमाडौंको फोहोर व्यवस्थापनका लागि योग्य व्यक्ति भएको दाबीसमेत गरकेा छन्।